दुहबी/सुनसरीको श्री सरस्वती मा.बि.दुहबीमा यस बिद्यालयको इतिहासमा पहिलो पटक यसै बिधालयमा २०४५ सालमा अध्ययन गर्ने बिद्यार्थीहरुको समुहले रु १ लाखको छात्रवृत्ति अक्षयकोष खडा गरेका छन। 
प्रत्येक वर्ष रु १ लाखको मुद्दती खाताको ब्याजबाट ८० प्रतिशत मात्र यस विद्यालयमा अध्ययनरत गरिब तथा जेहेनदार बालबालिकालाई बराबरी हिसाबले बाडिने उक्त रकम थोरै भएपनि परोपकारी पाइला चालेका उक्त समुहको यो कार्यलाई सराहनीय मान्नै पर्ने अभिभावकहरुको भनाइ छ। यस कार्यमा अरु ब्याचका बिद्यार्थी समूहहरु पनि जोडिने कुरा उक्त अवसरमा उठेको थियो ।
विद्यालयका प्र.अ.को अध्यक्षतामा भएको उक्त सम्झौता हस्ताक्षर कार्यक्रमको संचालन सोही समूहका दिपेन्द्र खतिवडाले गरेका थिए भने सफलताको शुभकामना शङ्कर थापा , जीवन थापा र रोशन पौडेल ले दिएका थिए । ९ सदस्यीय उक्त छात्रवृत्ति अक्षयकोषको समितिमा अध्यक्ष पारस चौधरी, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पदेन सदस्य, समाजसेवी जीवन थापा, सदस्य सचिवमा प्र.अ. तेज प्रसाद तिम्सिना, सदस्यहरुमा शङ्कर दाहाल, दिपेन्द्र खतिवडा,सुमेश साह, हेमराज गुरागाई र संजिव रौनियार रहेका छन्।





