दुहबी / नेपाली कांग्रेस सुनसरीमा १४ औँ महाधिवेशनको रौनक बढेको छ । केही दिन अगाडि प्रदेशसभाको अधिवेशन सम्पन्न भएपछि मंसिर ७ गते मंगलबार सुनसरी क्षेत्र नम्बर ३ मा नेतृत्वका लागि उमेदवारहरू उम्मेदवारी दिदै मतका लागी दौडधुप गरिरहेका छन् ।
यसअघि वडा,पालिका, प्रदेशको अधिवेशनमा पनि चुनावी प्रक्रियाबाट नेतृत्वकाे टुंगो लगाएको कांग्रेसले सुनसरी क्षेत्र नं.३ काे नेतृत्व पनि चुनावमार्फत नै हुने पक्का भएकाे छ ।
सुनसरीमा क्षेत्र नं. ३ मा मंगलबार उम्मेदवारी दर्ता भइसकेकाले सहमतिमा नेतृत्व चयन नहुने भएको छ ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा मेहदि हुसेन , प्रदिप चौधरी , सत्य नारायण गच्छदारले उम्मेदवारी दर्ता गराएका छन् ।
हुसेन , चौधरी, गच्छदारले आफ्नै – आफ्नै प्यानलमा उम्मेदवारी दर्ता गराएका कांग्रेस स्रोतले जनाएका छन ।
यता केही दिन अगाडि सभापतिमा हुसेन र गच्छदारको नाम चर्चा चलिरहे पनि हुसेन बलियो प्रबल उमेदवारको रुपमा सम्भावना देखीएका थिए । उता एका एक सोमबार बाट चौधरीको उमेदवारी दिने पकापकि हुदा हुसेन लाई चुनावी प्रक्रियामा केहि धक्का लाग्ने सम्भावना देखिएको कांग्रेस स्रोतले जनाएको छ ।
यस्तै सचिबमा अखतर अलि , पर्मेशवर चाैधरी र विजय केसी, सन्तोष रोनियार र विनय दाहालले उम्मेदवारी दर्ता गराएका छन् । अलि र चाैधरी गच्छदार निकटको हुन् भने केसी, रोनियार र दाहाल कोइराला निकट रहेको स्रोतको दाबी छन ।
मंगलबार उम्मेदवारी दर्ता भइसकेकाले सबै उम्मेदवार अहिले घरदैलो अभियानमा व्यस्त छन् ।’ कांग्रेसलाई संगठित गर्न दुवै पक्षका उम्मेदवारले आफुहरू बलियो भएको बताएका छन् । उम्मेदवारहरुले मनोनयन दर्ता गरेर चुनावी अभियान थालेका छन् । अधिवेशनमा जित्नको लागि घरदेखि चोक–चोकमा कांग्रेस नेताहरू चुनावी अभियानमा लागेका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नयाँ नेतृत्वका लागि सर्वसम्मत नभएपछि चुनावी प्रतिस्पर्धामा उत्रिएको श्रोतले जनाएको छ । सहमतिको माध्यमबाट नेतृत्व आउने सम्भावना झिनो बनेकोले मतदानबाटै नयाँ नेतृत्व आउने निश्चित छ ।





