दुहवी / सुनसरीको दुहवी नगरपालिका वडा नं.९ छातावेलीमा सोमबार नेपाल कम्युनिष्ट पाटी (माओवादीं) केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज निर्मल बरालको प्रमुख आथित्यमा पार्टीको प्रथम वडा सम्मेलन सम्पन्न गरीएको छ ।
कार्यक्रममा बिशिष्ट अथिति मुस्लीम मुक्ती मोर्चा नेपाल प्रदेश १ तथा सुनसरी क्षेत्र नं.३ पाटिका संमयोजक हैदर अली सोही कार्यक्रमका अथितिहरु दुहवी नगर ईन्चार्ज अर्थलाल चौधरी , सम्योजक रहिम मिया , नगर सचिव आलम मिया , पुर्व ycL सुनसरी सचिव तथा मुस्लीम मुक्ती मोर्चा नेपाल अन्तर गत का युवा तथा विद्यार्थी बिभाग प्रदेश १ का सचिव सौकत अलि र अखिल नेपाल महिला संध कि रोजीना खातुन लागायत वडा नं. ९ का स्थानिय बासीहरुको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अथिति जिल्ला इन्चार्ज निर्मल बरालले शुभकामना मन्तव्य दिदै , पञ्चायती , बहुदल र राजतन्त्र अन्त्य गराउनका लागी सम्पुर्ण जात जाति एक ढिक्का भएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लाई सहयोग गरेझै देशमा भएका गरिबी , अशिक्षा र अज्ञान्ता अत्य गर्न र समग्र देश विकाश गर्नको लागी तपाई हामी सबै अबको निर्वाचनमा नेपाल कम्युनिष्ट पाटी (माओवादीं) लाई तपाइहरुको अमुल्य मत दिई नेपालकै ठुलो पार्टी बानउनका लागी साथ र सहयोग खाचो रहेको बताए ।
वडा अधिवेशनमा जम्मा २९ जनाको कमिटी गठन गरी अध्यक्षमा हाजी ज्याबुल हुसेन, उपाध्यक्ष मो. इदबा मिया , सचिवमा मो.अकबर मिया स सचिवमा जलालुदिन सिदिकि र कोषाध्यक्षमा दुर्गा देवि भट्टराई सहित २९ जना सदयस्यहरु सर्वसहमति बाट दुहवी ९ मा चयन भएको छ । सो कार्यक्रमका संचालक मो. अकबर मियाले जानकारी दिएका छन ।