दुहबी / केही दिन अगाडि ब्लास्ट राष्ट्रिय दैनिक पत्रीकामा प्रकाशित दुहबी नगरपालिका मेयर गच्छदार लगायत सम्पुर्ण पदाधिकारी हरुको नाममा बेरुजु रहेको समाचार प्रति मेयर गच्छदारले सोमबार एक प्रेश विज्ञप्ति जारी गर्दै सो समाचार निराधार कपोकल्पित तथा भ्रामक रहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको सो विज्ञप्तिमा उल्लेख रहेका छन ।
सो विज्ञप्तिमा जारी गर्दै मेयर गच्छदारले भने स्थानिय सरकार सन्चालन ऐन २०७४ अनुसार काम कर्तव्य ,र अधिकार प्रती कतिबद्द भएर आज सम्म काम गर्दै आएको साथै चुनाबी मसला बनाएर आफ्नो विरुद्ध अफ्वाह फैलाएको हुदा उक्त भ्रामक सम्चार प्रति खेद प्रकट गर्दछु । यस्ता भ्राम्क , कपोक्ल्पित, समाचार उपर कसले सन्देह नफैलाउन समेत सबैमा आग्रह गर्दछु । नगर प्रमुख गच्छदारले सोमबार पत्रकार समेलन मार्फत सो कुरा जानकारी गराएका छन ।
मेयर गच्छदार भन्छन बिगतमा जे जतिसेवा सुबिधा लिएको भएपनी पछिल्लो समय सबै फिर्ता गरिसकेको हुँदा कपोक्पित, भ्रामक समाचार लेख्ने र लेखाउने प्रती खेद प्रकर्ट गर्दै खम्डन गर्दछु,
उनि भन्छन मैले आज सम्म एक रुपियाँ नगर बाट लिएको छैन, राजनैतिक गतिछाडा हरुले मेरो बदनाम गर्न मसला बनाएका मात्रै हुन ।
म जनताको लागि काम गर्ने मान्छे हुँ सधै मेरो जीवन जनताको सेवामा समर्पित हुनेछ। नगर प्रमुख गच्छदारले भाबुक हुदै आफ्ना भनाइहरु पत्रकार सम्मेलन मार्फ्त राखेका हुन ।





