दुहबी / सुन्सरीको दुहबी नगरपालिका प्रमुख बेद गच्छदारले गत २०७८ साल कार्तिक २ र ३ गतेको बेमौसमी भीषण बाढिमा परि ज्यान र धन गुमाएका हरुले यतिका दिन बिति सक्दा पनि सरकारबाट उचित राहत र न्याय पाउन नसकेको बताएका छन। दुहबी वडा नम्बर ७ फर्साही मा कार्तिक २९ गते भएको एक धार्मिक कार्यक्रममा बोल्दै गच्छदारले उक्त कुरा बताएका हुन।
बेमौसमी बर्सादका कारण देशैभरी ठूलो मात्रमा क्षेती भएको बताउदै गच्छदारले दुहबी नगरपालिका भित्रपनी ३४ करोड मूल्य बराबरको क्षेती भएको दाबी गर्दै उक्त क्षेतिको विवरण प्रधानमन्त्री शेर बहादुर देउवा साथै प्रदेश सरकार समक्ष बुझाइ सकेतापनी अझै सम्म कुनै प्रतिक्रिया न आएको गुनासो गरेका छन।
किसानहरु सरकार र प्रकृति दुबै बाट बारम्बार मारमा पर्नेगरेको ,समयमा मल बीउ र औसधि नपाउने गरेको तर किसानले आफू सग भएको गरगहना धितो राखी वा साहु बाट महङ्गो ब्याजदरमा रिण लिएर मल बीउ ल्याइ धान रोपेको भएपनी बाली पाक्ने बेलामा बाढी आइ सबै धान बाली नस्ट गरेको हुदा प्रकृति ले पनि ठगेको भन्दै गच्छदारले पीडित किसान हरुलाइ तत्काल राहत प्याकेज उपलब्ध गराइ दिन सरकार र सरोकारवाला निकाय सग अनुरोध गरेका छन।
“धान बाली लगौदा लागेको रिण धान बेचेर तिर्ने किसानको सपना बाढिले उडाइदियो,अब अर्को बाली लगाउने सिजन छ काह बाट किसानले पैसा ल्याउने? पहिलाको रिण नतिरी साहुले रिण दिदैनन,खेतमा धान छैन पराल मात्रै छ” गच्छदार ले भने यदि समयमा सरकारले किसानका समस्या नबुझ्ने हो भने समस्या बिकराल हुने र थप क्षेती हुन सक्ने प्रति आकलन गरेका छन।
पोखरी मा बालुवा छ,माछा छैनन,खोर मा झ्यास पतिङ्गर छ ,कुखुरा छैनन,खेतको गराभरी धान उम्रेको छ, किसानको गहभरी आँसु। यस्तो विषम परिस्थितिमा सरकार मौन बस्नुले माउ बिनको टुहुर चल्ला झै जनता हुनु हो भन्दै गच्छदार ले तत्काल कालोकोटधारी प्रधानन्यायाधीशको समस्यामा अल्झिनु अगाडि सुख्खा ओठ भएका अवला किसानको अनुहारमा खुसी छर्ने काम प्रदेश तथा संघीय सरकारले गरोस भन्ने जोडदार माग गरेका छन।





