दुहबी / सुनसरीको दुहबी ६ का एक स्थानीय परिवार लाई जग्गा बिवादको बिषय लाई लिएर सोही ठाँउका मां वैष्णबि मसला उधोगका मालिक सुरेन्द्र पौदार परिवारले निर्घात कुटपिट गरी चरित्र हत्या गरेको मण्डल परिवारले आरोप लगाएका छन ।
दुहबीमा सोमबार पत्रकार समेलन मार्फत सो आरोप बिमला मण्डल परिवारले लगाएका हुन ।
मण्डलकि भनाइ अनुसार १० बर्स अगाडि आफ्नो श्रीमान बिते पछि घरको आर्थिक अवस्था निकै कमजोर भएका थिए छोराछोरी लाई पोस्न पाल्न गर्न निकै समस्या भयो तेस पछि सानो तिनो व्यवसायी गर्ने सोच बनाएर आफ्नो घरको अगाडि बाटो साईडको खाली जग्गामा काठको गुम्ती राखी पसल संचालन गरेकोहो ।
सो खाली जग्गामा गुम्ती राखने बेलामा पौदारले केही भनेन्न कि मेरो जग्गाहो यहाँ गुम्ती नराख आफुले सो पसल संचालन गरेको २,३ बर्स पछि पौदार परिवारले अचानक निव खोज्ने बहानामा गुम्ती राखेको खाली जग्गा मेरो हो किन यहा गुम्ती राखेको छिटो हटा भन्दै पटक – पटक धाक , धम्कि , मान्सिक टचर गर्दै आउदा मैले भने यो खाली जग्गा तिम्रो होइन म खाली गर्दिन भने पछि पौदारले सो जग्गा मेरो हो भन्दै जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरे ।
जिल्ला अदालत सुनसरी बाट आफ्नो पक्षमा मुद्दा फैसला नआए पछि उच्च अदालतमा सो मुद्दा पुनरावेदन गरेका थिए
हाल सो मुद्दाको फैसलामा खालि जग्गामा राखेको गुम्टि हटाउन कुनै उल्लेख नभएको मण्डलले बताईन ।
उनि भन्छिन कानुनी प्रक्रियामा गइ सकेको बिवाद लाई पटकपटक आफ्नो घर परिवार लाई धाक , धम्कि , लगायत गर्दै आएको बताईन । पछिलो समय २०७८/०७/१७ गते बिहान अन्दाजी ९ बजेको समयमा मेरो गुम्टी लाई जोर जबर्जस्ति हटाउन पौदारको सम्पूर्ण परिवारले म लगायत आफ्नी छोरी टीका मण्डल , मुस्कान मण्डल , जुनि मण्डल , जुवाई सन्जय साह लाई गाली बैज्ज्त गर्दै निर्घात कुटपिट गरेको जाहेरी ईलाका प्रहरी कार्यालय दुहबी , दुहबी नगरपालिका न्यायिक समितिमा समेत उजुरी दिएको बताईन ।
मण्डल भकानिदै भन्छीन के यो समाजमा एकल महिलाको बाचने कुनै आधार छैन पौदार परिवारले आफू माथी विभिन्न लान्छना लगाई समाजमा बदनाम गर्दै आफ्नो चरित्र हत्या गर्न खोजेकोले न्यायको लागि सबै सरोकार बाला , नागरिक समाज , राजनीतिक दल , महिला अधिकार कर्मि , संचार कर्मि , सुरक्षा निकाई , मानवअधिकार कर्मि लगायत समक्ष न्यायको लागि अपिल समेत गरेकि छिन ।
उता सो बिषयमा सुरेन्द्र पौदार संग बुझदा खाली भएको जग्गा आफ्नो भएको र कुनै प्रकारको धाक धम्कि कुटपिट नभएको बताए ।
सोही बिषयमा दुहबी ६ का वडा अध्यक्ष मुन्ना साह संग बुझदा खाली जग्गा अदालतको फैसलामा जस्को जग्गा हुन्छ तेसले मानु पर्छ र कुटपिटको बारेमा सम्बन्धित निकायले हेर्ने बताए ।





