नविन रौनियार
दुहवी / सुनसरीको दुहवी जेसीजको आयोजनामा आज देखि जेसीज सप्ताह–२०२१ सुरु भएको छ ।
कार्तिक २९ देखि मंसिर २ गतेसम्म हुने जेसीज सप्ताहको पहिलो दिन आज समुद्धघाटन तथा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।
दुहवी जेसीजका अध्यक्ष राम कुमार पाठकको अध्यक्षता तथा दुहवी नगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश कुमार रौनियारकोे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सरस्वती माविका प्रधानाध्यापक तेज प्रसाद तिमसिना तथा शाखाका पि.पि क्लबका अध्यक्ष संतोष कुमार रौनियार लगायतले स्वागत मन्तब्य राखेका थिए ।
दुहवी ट्राफिक पोष्ट को सहकार्यमा आज ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको थियो । जेसीज सप्ताह कार्यक्रमको सुभारम्भ दुहवी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश कुमार रौनियारले गरेका थियो ।
सप्ताको पहिलो दिन दुहवी–५ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको सभाहलमा यसै स्कुलका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुको सहभागीतामा दुहवी ट्रफिक पोष्टका इन्चार्ज श्री रत्न बहादुर दनुवारले विधार्थी हरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिएका थिए ।
मंसिर २ गतेसम्म संचालन हुने साताव्यापी कार्यक्रम अन्तर्गत कार्तिक ३० गते स्लो मोटरसाइकल रेस तथा खाद्यान्न वितरण कार्यक्रम, १ गते जेसीज सचिवालय व्यवस्थापन र २ गते नेतृत्व विकास तालिम तथा समापन तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको दुहवी जेसीजका अध्यक्ष राम कुमार पाठकले बताए ।
कार्यक्रममा दुहवी जेसीजका बोड अफ ट्रष्टिजका अध्यक्ष सुभाष कुमार भट्टराई, पुर्व अध्यक्ष कैलाश भगत, कञ्चन झा, राज कुमार साह, पदाधिकारी, स्कुका शिक्षक तथा विद्यार्थीहरु गरी ८० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रमका मुल संयोजक सुष्मा चौधरीले जानकारी दिएका छन ।