दुहबी / मोरङ बिराटनगर महानगरपालिका वडा नं. १६ भट्टी मोड बस्ने लक्ष्मी लामाको घरमा तास खेली रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटीएको प्रहरी टोलीले तास र रकम १,२५,५००।–(एक लाख पच्चीस हजार पाँच सय) सहित निम्न ब्यक्तिहरूलाई पक्राउ गरी जुवा ऐन २०२० कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान कार्य भई रहेको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने हरुमा
१. जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष ४३ को बसन्त राई
२. जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २७ को महादेव श्रेष्ठ
३. जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १६ बस्ने बर्ष ४८ को पर्वत ढंगोल
४. जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १६ बस्ने बर्ष ४८ उमेश दाहाल
५. जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १४ बस्ने बर्ष ३९ को अनिल बि.क.
६. जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १३ बस्ने बर्ष ५७ को श्याम लामा रहेको प्रहरीले बताएका छन