दुहबि / गत कार्तिक २२ गते साझ देखि हराइ रहेका मोरङ बुढिगंगा गाउँपालिका–५ हात्तिमुढा स्थित लिची बगैंचा टोलका १४ वर्षीय बालक निस्चल राय सिंघीया खोलाको किनारमा बुधबार बिहान मृत फेला परेका छन् ।
छठ पुजाको लागि घाँस जोहो गर्न भन्दै घर बाट निस्किएका राय केही समय पछि घाँस लिएर घर आइ फेरि लुगा लगाएर निस्केका थिए भन्दै मृतक का बुवा उपेन्द्र रायले बताए।
मृतक का बुवाका अनुसार त्यही समयमा केही नचिनेका मान्छेहरु पनि गाउँ घुम्दै हिडेको कोचिला खबर लाई बताएका छन।
छोरा अबेर साझ सम्म पनि घर न आएपछी ईलाका प्रहरी कार्यालय लाई खोजतलास गरि पांउ भन्दै सोहि दिन उजुरी गरेतापनी प्रहरीले कुनै चासो नदेखाएको आरोप लगाए । भोलि पल्ट सुरक्षाको उपल्लो निकायमा समेत जानकारी दिदा खोजतलास हुदैछ ,हामी खोजी रहेका छौ भनि प्रहरीले भनेतापनी आलटाल गरेको कारण आफ्नो छोराको ह्त्या भएको उपेन्द्र रायले आरोप लगाए ।
राय भन्छन आफू पनि अनुसन्धान सम्बन्धि केही ज्ञान भएको हुदा प्रहरी लाई केही क्लु समेत दिदा प्रहरीले चासो देखाएर खोजी कार्य नगर्दा आज यो अबस्था आएको बताए ।उनि माओबादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन माहासंघ प्रदेश १ का सह इन्चार्ज समेत रहेका छन । 
आफन्त पर्ने केही संग जग्गा सम्बन्धी केही समय अगाडि मनमोटाव बिवाद रहेको बताए । उनि भन्छन वास्तविक अपराधी पहिचान गरि तत्काल पक्राउ गरि न्याय नपाउन्जेल मृतक छोराको शव नबुझ्ने बताएका छन। 
अहिले घटना स्थलमा स्थानीयहरुले हत्यारा लाई फासीदे दोषी त्त्काल पता लगा पीडित लाई न्यायदे भन्दै नारा बाजि गरिरहेको छ ।
सोही घटना बिषयमा मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसी सग बुझ्दा घरदेखि एक किलोमिटर दुरीमा उनी मृत भेटिएका हुन् । घरबाट अचानक हराएका बालकको खोजीमा परिवारजन रहेको थियो । प्रहरीमा खबर गरेसँगै सामाजिक सञ्जाल तथा सार्वजानिक सञ्चारमाध्यममा बालक हराएको हुलिया सहित सूचना सम्प्रेषण गरिएको थियो । घटनापछि प्रहरीले अनुसन्धान सुरु गरिसकेको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए।





