• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा भोलि देखि प्रथम आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुने

काेचिला खबर by काेचिला खबर
11/10/2021
in स्थानीय
110
SHARES
499
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबीमा भोलि देखि प्रथम दुहबी आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुने दुहबी भेट्रान फुटबल क्लबका अध्यक्ष रुद्र बहादुर खड्काले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।

सो प्रतियोगितामा सुनसरी मोरङका १० वटा टिमले प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा प्रथम हुने टिमले उपाधी सहित ५१ हजार नगद तथा ट्रफी मेड्ल प्रमाणपत्र प्राप्त गर्नेछन् भने उप बिजेता टिमले ३१ हजार नगद तथा ट्रफी मेड्ल प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद १ हजार सहित मेडल प्रदान गरिने तथा फाइनल खेलमा विधागत पुरस्कार तर्फ २-२ हजार नगद सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा दुहबी स्थित जनता मेडिकल हलका प्रोपाइटर सुराम खां थारुले १८ वटा जर्सी प्रदान गरे।

फुटबल खेलमा लामो इतिहास बोकेको दुहबी नगरपालिका भित्रका ४० बर्ष कटेका फुटबल खेलाडीहरुको खेल अनुभव
तथा कौशलको सदुपयोग गर्दै यस क्षेत्रमा फुटबल खेलको बिकासमा थप योगदान गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको भेट्रान फुटबल क्लबका अध्यक्ष खड्काले जानकारी
दिए। हाल यस क्लबले प्रदेश १ मा हुने गरेका ७ वटा भेट्रान फुटबल प्रतियोगितामा भाग लिएको छ।

दुहबीमा पहिलोपटक ४० बर्ष माथीका खेलाडीहरुको सहभागिता रहनेगरि दुहबी ५ स्थित श्री सरस्वती माबीको खेल मैदानमा सुरु हुने भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल मंसिर ४ गते हुनेछ।

फुट्बल जगतलाई उचाईमा पुराउन योगदान गरेका दुहबी क्षेत्र भित्रका पुराना खेलाडी हरुको सम्मानार्थ पहिलो पटक खेलको आयोजना गरिएको जनाउदै अध्यक्ष खड्काले ४० बर्ष माथिका मोरङ र सुनसरीका १० टिम का खेलाडी हरुको प्रत्यक्ष सहभागिता रहने बताएका छन।

बिगत लामो समय देखि दुहबिलाइ फुट्बल जगतमा पहिचान स्थापित गराउन दिलिप राई,शंकर थापा हुँदै संदिप राई जस्ता ख्याति प्राप्त ११ जना रास्टृय खेलाडी समेत उत्पादन गरिसकेको दुहबी भेट्रान अध्यक्ष खड्काले बताए।

“एक घन्टा ब्यायाम,नागरिकका लागि सुनौलो आयम” भन्ने मुल नाराका साथ सुरुहुने फुट्बल खेल नक आउटको आधारमा हुने आयोजक दुहबी भेट्रान क्लबका अध्यक्ष खड्काले जानकारी गराए।

सरस्वती माबिको खेलमैदानमा कार्तिक २५ देखि मंसिर ४ सम्म हुने उक्त खेलमा ग्रुप A मा ५ समूह र ग्रुप B मा ५ गरि जम्मा १० समूह रहने छन। ग्रुप A को पहिलो खेल हाम्रो धरान भेट्रान क्लब VS चौधरी ११ भेट्रान बीच दिनको २ बजे उद्घाटन पछि देखि सुरु हुने छ भने, ग्रुप B को पहिलो खेल कार्तिक २६ गते भरौल भेट्रान क्लब VS मिल्स भेट्रान क्लब बिछ हुने छ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026
मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

03/30/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist