दुहबी / नेपालीहरुको महान पर्व छठ पुजा नजिकिदै गर्दा सुनसरीको दुहबीमा पनि भक्तजनको चापलाइ मध्यनजर गर्दै पुजा स्थल निर्माण कार्यलाइ तिब्रता दिएको छ। खासगरी तराई मधेशमा धार्मिक पर्वको रुपमा मनाइने उक्त पुजालाइ दुहबीमा पनि बिगत दशकौ देखि मनाइदै आएका छन।
लक्ष्मीपुजाको छैठौं दिन छठ पर्व खासगरी बेलुका अस्ताउदो सुर्य र बिहान उदाउँदो सुर्यलाइ जल ,अर्घ लगायत चढाएर पुजा गर्ने गरेको दुहबी छठ पुजा समितिका अध्यक्ष तथा दुहबी ५ का वडा अध्यक्ष रमेश रौनियारले बताए।
दुहबीमा मंगलबार पत्रकार सम्मेलन को आयोजना गरि रौनियारले बिगत भन्दा ब्यवस्थित तरिकाले भक्तजन हरुलाइ सुबिधा हुने गरि शान्तिशुरक्षाको कडा ब्यावस्था सहितको ब्यावस्थापन गर्न लागिएको बताएका छन।
अध्यक्ष रौनियारले बन्दै गरेको पुजा स्थल ३ सय बढी स्टल रहने र प्रत्येक स्टल ३ फिट चौडाइ सहित ३ वटा पुजा ढाकी अट्ने गरी स्टलहरु निर्माण गर्न लागेको बताएका छन।
पुजा समितीका अर्का अध्यक्ष तथा वडा नम्बर ६ का वडा अध्यक्ष मुन्ना (साह) हलुवाइले प्रत्येक स्टलको शुल्क न्युनतम रु ५ सय रहने र भक्तजनको सुबिधा र अबस्था हेरि केही अधिक समेत हुन जाने तर आर्थिक अवस्था कमजोर भएका भक्तजन हरुलाइ निशुल्क पुजा स्थल उपलब्ध गराइने पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।
हलुवाइले भक्तजनको स्वास्थ्य अवस्थालाइ समेत मध्यनजर गर्दै एम्बुलेन्स ,फस्ट एड, सेनिटाइजर,मास्क समेतको ब्यावस्था गरिने बताए। घाट लगायत निर्माण गर्न अन्दाजी ६ लाख खर्च अनुमान गरिएको समेत हलुवाइले जानकारी दिए।
दुहबी ४ निवासी श्याम दाहलले आफ्नो ५५० फिट लम्बाइ रहेको उक्त पुजास्थल नजिकमा रहेको जग्गा बाट छठ पुजाको लागि बिस्णु भगवानको मन्दिर निर्माण गर्नका लागि स्वइछाले ५ धुर जमिन दान गरेको बताएका छन।
यति मात्रै नभै उक्त मन्दिर निर्माण लाई आवस्यक परे थप जग्गा उपलब्ध गराउने सो पत्रकार सम्मेलन मार्फत दाहालले जानकारी गराएका छन।





