दुहबी/सुनसरीको दुहबी ४ स्थित मालहट्टी र मोरङको बुढीगंगा जोड्ने बुढीखोलाको पुलको बाटो फेरि जिर्ण हुँदा समेत सरोकारवाला बेखबर रहेको पाइएको छ। सो पुलको यहि बाटोमा गत बर्ष दुर्घटना हुँदा ३ जनाको ज्यान गएको थियो। दुहबी ३ स्थित दुर्दशा भएको कोशी राजमार्ग सडक खण्डमा यो महिना भित्र दुर्घटनामा २ जनाको ज्यान जादा समेत सरोकारवाला बेखबर रहेको छ।
सो सडक खण्ड निर्माण न गरि धुलोमा दैनिक ५५ सयको पानी हाल्दा झनै खाल्डा खुल्डी भइ चिप्लिएर दुर्घटना भएको हुन सक्ने स्थानीयहरु बताउँछन्। सो ठाउँमा स्थानीयहरुले दैनिकजसो प्रदर्सन सहित चक्काजाम गर्दा समेत सरोकारवाला निकाय कानमा तेल हालेर बसेको पाइएको छ।





