दुहबी / सितागञ्ज नहरको विषय केन्द्रीत लगाइएका आरोपलाई जल उपभोक्ता संस्थाका पदाधिकारीले झुटो र निराधार भएको बताएका छन ।
जल उपभोक्ता संस्थाका पदाधिकाहरुले आइतबार दुहवीमा पत्रकार सम्मेलनको आयोजना गरी त्यस्तो बताएका हुन । पत्रकार सम्मेलनमा उनीहरुले आफुहरुमाथि लगाइएको आरोप तथ्यहीन र स्वार्थपरक भएको आरोप लगाएका हुन ।
पत्रकार सम्मेलनमा उनीहरुले सुनसरी मोरङ सिचाई आयोजना अन्तर्गत सितागञ्ज मूल तथा शाखा नहरको विषयमा संघर्ष समितिले लगाएको आरोप राजनिती स्वार्थ केन्द्रीत रहेको बताए । जल उपभोक्ता संस्था सितागञ्ज शाखा नहर औरावनी २ का अध्यक्ष तपन दासले आफु र आफ्नो समितिमाथि लगाइएको लाञ्छनाको विरुद्धमा डटेर कानुनी लडाई लड्ने बताए ।
दासले आन्दोलनका नाममा गठित संघर्ष समितिको प्रतिवाद गर्न आफुहरु तयार रहेको समेत बताए । कानुनी रुपमा प्रकृया संगत चलेको दाबी गरेका उनले आफुहरु सोही अनुरुप अघि बढ्ने बताए । अध्यक्ष दासले असन्तुष्टिका विषयमा वार्ताका माध्यमबाट समाधान खोज्न सकिने भएपनि यादव नेतृत्वको संर्घष समिति भने बखेडाबाजी झिकेर आफुहरुको बदनाम गराउने प्रपञ्चमा जुटेको बताएका छन ।
उनले उपभोक्ता संस्था र त्यस भित्रका पदाधिकारी नियम संगत चले–नचलेको भन्ने विषय जिम्मेबार निकाय सुनसरी मोरङ सिचाई आयोजनाले निर्क्योल गर्ने भएकाले असन्तुष्ट पक्षलाई कानुनी बाटो रोज्न पत्रकार सम्मेलन मार्फत सुझाव समेत दिए । सितागञ्ज उपभोक्ता संघर्ष समितिले चरणवद्ध आन्दोलन थालेपछि जल उपभोक्ता संस्थाका पदाधिकारीहरुले पत्रकार सम्मेलनको आयोजना गरी आफुहरु माथिको आरोप खण्डन गर्नु परेको बताएको छ ।
सोही बिषयमा केही दिन देखि संघर्ष समितिले तपन दासको एकल नेतृत्व हाबी रहेको भन्दै नयाँ नेतृत्व चयन हुनुपर्ने माग गर्दै आएका छन । संघर्ष समितिले दासमाथि आर्थिक हिनामिना र किसान हीत विपरित काम गरेको आरोप लगाएको छ । संर्घष समितिले दबाब मूलक कार्यक्रमलाई निरन्तरता दिने बताउँदै आएका छन ।
उता संघर्ष समितिले केही दिन अगाडि पत्रकार समेलन मार्फत यस्तो जानकारी गराएका थिए ।
सुनसरीले इटहरी उपमहानगरपालिकादेखी सीमाको बर्जु गाउँपालिकासम्म फैलिएको सितागंज शाखा नहरको जल उपभोक्ता समिति दुई दशकदेखी एकलौटी गठन गर्दै आएको
आरोप लगाएका थिए ।
वास्तविक उपभोक्ताहरुलाई जानकारी समेत नदिई गोजीका सिमित व्यक्तिहरुको समिति गठन गर्दै आएको विरोधमा समितिको कार्यालय गढी गाउँपालिका २ औरावनीमा तालाबन्दी गरेको थियो । सुवालाल यादवको संयोजकत्वमा सर्घष समिति बनाएर सितागंज शाखा जल उपभोक्ता समितिको कार्यालय औरावनीमा तालाबन्दी गरेको थियो ।
गत सोमबार समितिका संयोजक यादव र सहसंयोजक ओमनारायण यादव सहितका सयौ किसानले जल उपभोक्ता समितिको अध्यक्ष तपन कुमार दासले दशकौदेखी पद हत्याउदै आएकाले पारदर्शिता गर्नुपर्ने, दक्षिणवर्ती क्षेत्रका किसान भएपनि इटहरीमा गुपचुप धाधली तरिकाले गरेको, आर्थिक अनियमिततामा लिप्त रहेको पदाधिकारी नै पटक पटक पदमा आएकाले उनीहरु माथि छानवीन गर्नुपर्ने माग गर्दै औरावनीमा रहेको कार्यालयमा तलाबन्दी गरेको यादवले बताएका थिए ।
तेसै गरि गत आईतबार सितागंज शाखा सिचाईको कार्यालय अगाडि किसान हरुले बिरोध पर्दशन गर्दै समिति खारेजको माग गरेका थिए । किसान महेन्द्र प्रसाद यादवका अनुसार हामिले विधि नियम सम्बन्ध पुर्वक आन्दोलन गरेका छौं । हाल सम्म पनि हामीले पानी पोत तिर्न सकेको छुईन । समितिले पक्षपात गरि आफ्नो मन पर्ने किसानको घरमा पुगेर पानी पोतको रकम लिने गरेको आरोप समेत यादवले लगाए थिए ।
सर्घष समितिका सम्योजक सुवालाल यादवका भनाइ अनुसार लुकि छिपि तथा एकलौटी विधान बिपरित तरिकाले बनाएको समिति खारेज नगरिए सम्म आफुहरुको आन्दोलन फिर्ता नहुने बताएका थिए ।
यता दासले विधि संगत भएको दावी गर्दै आउनुभएको छ ।





