दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ स्थित साबिक सहरी स्वास्थ्य भवनमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको प्रदेश कार्यालय दुहबीमा खुल्ने भएको छ।
मंगलबार नगरपालिकाको सभाहलमा सम्पन्न साझेदारी पत्र हस्ताक्षर कार्यक्रम मा बोल्दै नगरप्रमुख गच्छदारले दुहबी नगरपालिका र नेपाल स्वास्थ्य अनुसन्धान परिसद बीच नेपाल स्वस्थ्य नीति २०७६ र रणनीति २०७६ ब्यावस्था गरे अनुरुप परिषदको इकाइ कार्यालय साथै प्रदेशमा बिस्तारण गरिने स्वास्थ्य परियोजना लाई मद्यनजर गर्दै दुहबिमा उक्त कार्यलय खोलिन लागेको बताए।
मेयर बेद गच्छदारले उक्त इकाइ कार्यलय खुलेपछी दुहबी का नगरबासिको स्वास्थ तथा स्वास्थ्य स्थिती अनुसन्धान र रोग निदान सम्बन्धी सहजता साथै स्थानिय बासिले सहज स्वस्थ जिबनयापन गर्न सक्ने बताए।
आ. ब. २०७७/७८ साथै ७८/७९ को बजेट मा ब्यावस्था गरे अनुसार परिषद को शाखा कार्यलय स्थापना साथै स्वास्थ्य सचेतना सम्बन्धी कार्यबिधी लाई ब्यावस्था गर्ने ऐन २०७४ बमोजिम दुहबिले यो अवसर प्राप्त गर्न सकेको गच्छदार ले बतए।
देशका हरेक पालिक मा उक्त अभियान सन्चाल्न गर्न सरकार को कदम रहेपनी पुर्वान्चलमा दुहबी नगरपालिका ले उक्त अबसर प्राप्त गर्न सफल भएको गच्छदार ले बताए।
दुहबी नगरपालिका ले उपलब्ध गराउने ३ कठ्ठा जग्गा मा भौतिक निर्माण का साथै कर्मचारी र औजार हरु नेपाल स्वास्थ अनुसन्धान परिषद ले गर्ने योजना बिज्ञ छवि गौडेल ले बताएका छन।
परिषद र नगरपालिका बिच तत्काल उक्त परियोजना सुचारु गर्ने गराउने भनी परिषद का योजना बिज्ञ छवि गौडेल र दुहबी नगरपालिका प्रमुख बेद गच्छदार बीच दोहोरो सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
साथमा दुहबी स्वास्थ साखा का फोकल पर्शन ,नगरपालिका का कार्यकारी प्रमुख बिनोद न्यौपने, लगायतको उपस्थिति रहेको थियो।





