• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा तस्करको ‘जगजगी’ !

काेचिला खबर by काेचिला खबर
10/31/2021
in स्थानीय
103
SHARES
469
VIEWS
Share on FacebookShare on Twitter

मनोज भुजेल
इटहरी /  इलाका प्रहरी कार्यालय दुहबी क्षेत्रमा भइरहेको चोरी तस्करीको गुनासो स्थानीयले दुहबी प्रहरीका प्रमुखलाई धेरै पटक सुनाए । तर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक घनेन्द्रहाङ खजुमको हरेक जवाफ ‘हामी नियन्त्रण गर्ने प्रयास गरिरहेका छौ, सूचना दिनुहोला’ नै हुन्थ्यो । 

दुहबीको औरावनी, छिटाहा, तनमुना क्षेत्रका केही स्थानीय र जनप्रतिनिधिले भारतीय सीमाबाट आउने तस्करीका सामानको सूचना उपलब्ध पनि गराए तर प्रहरी तर्फबाट खासै ठूलो ‘एक्सन’ भएन । विशेषगरी दसैँ र तिहारको बीचमा भइरहेको तस्करीको विषयमा प्रहरीले चासो नलिएको स्थानीयहरुको आरोपसँगै आक्रोश छ । 

योसँगै अहिले इलाका प्रहरी कार्यालय दुहबीका घुमुवा प्रहरीले चोरी तस्करी गर्ने व्यवसायीबाट आर्थिक फाइदा लिइरहेको स्थानीयको आरोप छ । दुहबी प्रहरीको सादा पोसाकमा हिँड्ने प्रहरीले तस्करसँग हप्तावारी र महिनावारी रकम लिने गरेको व्यवसायी बताउँछन् ।

यहाँसम्मकी स्थानीयले नामै किटान गरेर प्रहरी निरीक्षकलाई दिएको लिस्टमा आबद्ध केही व्यापारीसँग यी दुई प्रहरीको निकट सम्बन्ध रहेको स्रोतको दाबी छ । मोटरसाइकल र मिनी पिकअप गाडीमा रातको समयमा तस्करी गरी ल्याउने चिनी, मसला, जिरा, कपडा, खैनी, भारतीय कुखुरा र रजनीगन्धाजस्ता वस्तुको कारोबार गर्ने दुहबीका सानादेखि ठूला व्यवसायीसँग उनीहरूले हप्ता र महिनावारी पैसा उठाउने गरेका छन् । 

व्यवसायीका अलावा यी दुई घुमुवाले मोटरसाइकलबाट ल्याउने सामानबाट पनि पैसा उठाउने गरेका छन् । भारतीय सीमासँग जोडिएको घुस्की, देवानगन्ज र मोरङसँग जोडिएको नाकाहरूबाट दुहबी हुँदै तस्करीका सामान भित्रने गर्दछ । जुन दुहबीसँगै इटहरी, विराटनगर, धरानसम्म पुग्ने गरेको छ ।

अहिले तिहारको मुखमा दुहबी क्षेत्रबाट ठुलो मात्रामा पटाका, चिनी, मसला, तेलजस्ता सामग्रीहरू तस्करी भई सुनसरी र मोरङका बजारमा पुग्ने गरेका छन् । दुहबीकै स्थानीय व्यवसायीले ‘क्यारिङ’ गर्नेहरूबाटै सामान खरिद पनि गर्ने गरेका छन् । दुहबीको औरावनी, छिटाहा, तनमुना, सिमरियाको भित्री र नहरको बाटोबाट राति सामानको तस्करी गर्ने गरिएको छ । 

प्रहरीको काम कारबाहीका लागि सूचना संकलन गर्न परिचालन गरिएको सादा पोसाकका प्रहरीले तस्करसँग पैसा उठाउँदै आएको दुहबीका व्यवसायी अभिमन्यु मेहता बताउँछन् हामीले इलाका र जिल्लाका प्रहरी प्रमुखलाई समेत यो विषयमा जानकारी गराएका छौँ, यो दसैँ तिहारको बीचमा तस्करीको काम धेरै भएको छ’ मेहता भन्छन् ‘तर प्रहरीले हाम्रो कुरालाई गम्भीरतापूर्वक लिएन ।

राति ११ बजेपछि लस्करै मोटरसाइकलमा तस्करीका सामान भित्रने गरेको मेहताको भनाइ छ । ‘तिहार आउन लाग्यो, तर अहिलेदेखि नै दुहबी क्षेत्रका पसलहरूमा खुलेआम पटाकाजन्य सामग्री बिक्री भइरहेका छन्’ स्थानीय शिक्षक देवनारायण साह भन्छन् ‘यो कहाँबाट र कसरी आयो ?’ साहका अनुसार दुहबीको बुद्ध चौक, भमरी, औरावनी र दुहबीका बजारमा पटाका सहज हिसाबले खरिद गर्न सकिन्छ ।

उनी थप्छन्, ‘पटाकाजन्य सामान सबै बोर्डरबाट भित्रने गरेको छ । यसलाई नियन्त्रण गर्न प्रहरीको भूमिका शंकास्पद छ ।’ प्रहरीले दसैँको मुखमा अवैध सामानहरु बरामद गर्नुको साथै केही व्यक्तिलाई पक्राउ पनि गरेको छ ।तर प्रहरीको सकृयता र कारबाहीको अनुपातमा तस्करी दोब्बर भइरहेको साहको दाबी छ ।

यता उघोग वाणिज्य संघ दुहबीका अध्यक्ष सुनिलकुमार साह अव्यवस्थित सीमाको कारण चोरी तस्करीका सामानहरु बजारमा ल्याएर कतिपय व्यवसायीले कारोबार गर्ने गरेको स्वीकार्दै यसमा उघोग वाणिज्यले नियमन गर्न नसक्ने बताउँछन् ।सीमाबाट ल्याइएका सामानहरु सस्तो हुन्छ, व्यवसायीले फाइदा पनि त हेर्ने हो’ साह भन्छन्, ‘यसमा रोजगारको विषय पनि जोडिन्छ ।’

सचेत छौँः प्रहरी
इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक घनेन्द्रहाङ खजुम तस्करीको सूचना प्राय आउने गरेको र सूचनाको आधारमा अवैध सामानहरु बरामद पनि भएको दाबी गर्छन् चोरी तस्करी नियन्त्रणमा हाम्रो एरियामा जिल्लासँगै प्रदेश प्रहरीको समेत सिभिल प्रहरी परिचालन भएका छन् ।’ दसैँयता हामीले धेरै परिमाणमा कपडा, खैनी, चिनी, पटाका लगायतका सामग्रीहरु बरामदसँगै व्यक्तिलाई समेत पक्राउ गरी कारबाही गरेका छौँ’ खजुमले भने ‘प्रहरी सबै ठाँउ पुग्न सक्दैन, आरोप लगाउनु जायज छ ।

दुहबीका घुमुवा प्रहरीको तस्करसँग मिलेमतो भएको देखिएमा उनीहरू कारबाहीको भागिदार हुने उनले स्पष्ट पारे । ‘घुमुवा प्रहरीको विश्वास छैन भने सिधै मेरो नम्बरमा कल गर्नुहोला’ प्रहरी निरीक्षक खजुम भन्छन् ‘चोरी तस्करी नियन्त्रणमा प्रहरीको प्रयास सधै रहन्छ र यसमा प्रहरी सचेत छ ।’

यो समाचार प्रदेश पोर्टल अनलाईन बाट साभार गरिएको छ

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist