दुहबी / कोशि राजमार्ग सडक मर्मत तथा निर्माणको माग गर्दै दुहबीमा स्थानीयवासीले शनिबार सडक ४५ मिनेट अवरुद्ध गरी प्रदर्शन गरेका छन् ।
वर्षातको समय अघिदेखि नै सडक बिभाग लाई सो बीषयमा पटकपटक जानकारी गराउदा समेत कुनै सुनुवाइ नगरी सडक मर्मत नगरेको भन्दै स्थानीयवासीले सडक जाम गरी प्र्रदर्शन गरेका हुन् ।
शनिबार दुहबी नगरपालिका वडा नम्बर–३ स्थित कोशि राजमार्ग धरान बिराटनगर जाने सडकमा स्थानीय युवा र केही व्यापारीहरुले सडक बिभागको कार्यालयविरुद्ध नाराबाजी गर्दै सडक अवरुद्ध गरेका हुन् । स्थानीयहरु हरेराम साहका अनुसार समस्याको सामाधान नभए चरण बद्ध आन्दोलन गर्ने बताए एक स्थानीय भन्छन भोलि फेरि १ घन्टा सडक अबरुद्ध गर्ने बताए ।
दुहबीको धरान बस स्टेन देखि डांगा चौक सम्म क्षेत्रको सडक १ बर्स देखि मर्मत नगरेको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् । यस सडकको अवस्था दयनीय रहेको र हल्का वर्षामा पनि करिब ४ फिटसम्म सडकमै पानी जम्ने गरेको र सुखा समयमा धुवाँ धुलोले गर्दा आवातजावतमा पूर्ण अवरोध तथा समस्याहरु झेल्दै आइरहेको भन्दै स्थानीय युवा तबरेज हुसेनले बाध्यतावश सडक जाम गर्नुपरेको बताए ।
उता सो सडक मर्मतको बिषयमा केही दिन अगाडि मात्र कोचिला खबर संगको कुरा कानीमा सडक बिभाग आयोजना प्रमुख बद्रि प्रसाद शर्माले ६ लेन सडकको दुहबीमा २ किलो मिटर सडक निर्माणकार्य गर्ने योजना रहेता पनि पटकपटक सडक मर्मत गर्न नसकिने बताएका थिए ।