दुहबी / नेकपा एमाले दुहबी नगर समिती अन्तर्गत विभिन्न वडा हरुको अधिबेशन सम्पन्न भएको छ। सोही क्रममा दुहबी ३ को वडा अधिबेशन बुधबार सम्पन्न भएको छ।
पुर्व राज्य मन्त्री भगवती चौधरी को प्रमुख आतिथ्या र दुहबी ३ का वडा अध्यक्ष माधव भण्डारीको अध्यक्षताम सम्पन्न उक्त अधिबेशनमा नेकपा ऐमाले सुनसरी क्षेत्र नम्बर ३ का ईन्चार्ज रामजान अलि , दुहबी नगर इन्चार्ज राजन बस्नेत ,नगर अध्यक्ष खड्ग उराँव , दुहबी ३ कि महिला सदस्य मैना राई लगायत नेताकार्यकर्ताको ब्यापक उपस्थित रहेको थियो।
सो वडा अधिबेशन सभा को सन्चालन दुहबी ३ का सदस्य जीवन लुइँटेल ले गरेका थिए। अधिबेशन बाट अध्यक्षमा मीन बाहादुर मगर सचिवमा हरि भट्टराई रहने गरी ३१ सदस्यीय वडा समिति चयन गरेको वडा अध्यक्ष भण्डारीले जानकारी दिएका छन ।