दुहबी । केहिदिन अगाडि आएको भीषण बाढी र बर्साद का कारण देश भर ठूलो जनधनको क्षेती भएको छ। सोही क्रममा सुनसरी को दुहबी नगरपालिका का विभिन्न वडा हरुमा कटान,डुबान भइ ठूलो मात्रमा क्षेती भएको छ भने कृषक हरुले लगएको धान बाली समेत नस्ट बनाएको छ।
सोही दिन आएको बाढिले दुहबी वडा नम्बर ११ स्थित सुकुम्बासी बस्तिमा सानो झुपडी बनाएर बसेका श्रेष्ठ परिवार मा पानी भन्दा धेरै आँसु बगेका छन। रातको समयमा खाना खाएर सुतेका लक्ष्मण श्रेष्ठ बिहान उठ्न पाएनन। नहर छेउमा सानो फुसको घर ,साथमा श्रीमती छोराछोरी सहित सुतेका श्रेष्ठ अचनक बाढिको बेगले डुबायो ।रातको समय,अन्धकार जताततै । छरछिमेकी ले उद्दार त गरे तर श्रेष्ठ को मृत्यु भैसकेको अबस्थामा फेला परेका थिए।
उक्त खबर सुन्ने बितिक्कै नगर प्रमुख बेद गच्छदारले तत्क्काल खाद्यान्न तथा राहत को ब्यावस्था गरिदिएका थिए। साथै पिडितको घरैमा पुगेर रु २५ हजार को चेक हस्तान्तरण समेत गरेका छन। नगर बासिको दुखेको घाउमा मलम पट्टी लगाउदै प्रत्येक वडामा क्षेती को अनुगमन समेत गरेका गच्छदार दुखी गरिब र पीडित समुदायका लागि वास्तविक अभिभावक नै भएको स्थानिय पीडित हरुले बतएका छन ।
प्राकृतिक प्रकोप होस वा दैबिकप्रकोप होस दिन रात नभनी जिम्मेवार नगर प्रमुखको हैसियत ले मात्रै नभै सचेत नगरिकको हैसियतले पनि स्थलगत निरीक्षण गरि पिडित लाई विभिन्न आबस्यकिय सहयोग साथ दिदै आएका गच्छदार मानबियताको मनोभाव ले समेत सुसज्जित छन।
बाढिले डुबानमा परि मृत्यु भएका श्रेष्ठ कि पत्नी भाव बिव्हल हुदा समेत सम्यमित हुन आग्रह गर्दै थप साथ सहयोग रहने वचन दिएका छन।कमाएर खुवाउने मुख्य मान्छे नै मृत्यु हुदा सबैलाई पीडा त हुन्छ नै तर पनि नगर प्रमुख गच्छदारको भौतिक उपस्थिति,राहत र सान्त्वनाले पीडित परिवार लाई केही राहत मिलेको छ।





