दुहबी / आउन लागेको छैठ पर्वको तयारी तथा कार्यक्रमको बारे छैठ पर्व सेवा समिति दुहबीमा गठन भएको छ । 
सुनसरीको दुहबीमा शनिबार स्थानीयहरुको भेला बाट सो समिति गठन भएको समितिका सम्योजक तथा दुहबी ६ का वडा अध्यक्ष मुन्ना साहले जानकारी दिएका छन ।
प्रत्येक बर्ष झै यो बर्ष पनि सुनसरी र मोरङ्ग सिमामा पर्ने बुढिखोला घाटको किनारामा मनाउने छैठ पर्वको तयारी प्रारम्भ गर्नको लागि सो समिति गठन भएको हो ।
सो समिति १७ सदस्य रहने गरी गठन भएको हो समितिको सम्योजकमा दुहबी ५ का वडा अध्यक्ष रमेश कुमार रौनियार दुहबी ६ का वडा अध्यक्ष मुन्ना साह ( हलुवाई ) रहेका छन भने सचिवमा बिशाल अग्रहरि स सचिवमा प्रवीण अग्रहरि कोषाअध्यक्षमा सुधीर चौधरी समितिको प्रमुख सल्लाहकारमा दुहबी नगरका मेयर वेदनारायण गच्छदार , सल्लाहकारमा उप मेयर सुनिता दाहाल साह , रन्जित गोस्वामी लगायत समितिका पुर्व सम्योजक हरु रहेको सम्योजक मुन्ना साह हलुवाईले जनाएका छन ।





