दुहबी /नेपाल बिद्युत प्राधिकरण दुहबी गृड शाखाको छेवैमा रहेको बस्ता खोला मिचेर सडक बनाइएकोले अविरल बर्साको पानी निकास हुन न पाउँदा दुहबी गृड शाखामा पानी जमेर डुबान भएपछि हिजो देखि एक नम्बर प्रदेश अन्धकार छ।
सो ठाउँमा नेपाली सेना , नेपाल प्रहरी , लगायत सुरक्षा कर्मि परिचालन गरी ग्रिडमा जमेको पानी घटउने र अबरुध बाटो खुलाउने प्रायास जारी रहेको छ ।
जमेको पानी निकासा गर्न २ वटा डोजरले दुहबी-इनरुवा सडक खण्डको सडक भत्काएर पानी निकासा गर्ने प्रयास गरि रहेको छ। दुहबीमा बस्ता खोला, धनुस्ना खोला टेङ्रा खोला लगायत खोल्साहरु मिचेर बाटो संरचना बनाउदा दुहबी बस्ती तथा बजार क्षेत्र डुबान हुने गरेको छ।
एता दुहबी ४ स्थितिमा रहेको बुढीखोलाको बाढीले कटान गर्दा ३ वटा घरहरु पुर्णरूपमा क्षती भएको र अन्य घरहरुमा समेत कटान भइ रहेको र टेङ्रा खोलाको बाढीले सडकहरु क्षती भएको सो वडाका वडाअध्यक्ष राजन बस्नेतले जनाए।