दुहबी / सुनसरीले इटहरी उपमहानगरपालिकादेखी सीमाको बर्जु गाउँपालिकासम्म फैलिएको सितागंज शाखा नहरको जल उपभोक्ता समिति दुई दशकदेखी एकलौटी गठन गर्दै आएको केही दिन अगाडि रहस्य बाहिर आएको थियो ।
वास्तविक उपभोक्ताहरुलाई जानकारी समेत नदिई गोजीका सिमित व्यक्तिहरुको समिति गठन गर्दै आएको विरोधमा समितिको कार्यालय गढी गाउँपालिका २ औरावनीमा तालाबन्दी गरेको थियो । सुवालाल यादवको संयोजकत्वमा सर्घष समिति बनाएर सितागंज शाखा जल उपभोक्ता समितिको कार्यालय औरावनीमा तालाबन्दी गरेको थियो ।
गत सोमबार समितिका संयोजक यादव र सहसंयोजक ओमनारायण यादव सहितका सयौ किसानले जल उपभोक्ता समितिको अध्यक्ष तपन कुमार दासले दशकौदेखी पद हत्याउदै आएकाले पारदर्शिता गर्नुपर्ने, दक्षिणवर्ती क्षेत्रका किसान भएपनि इटहरीमा गुपचुप धाधली तरिकाले गरेको, आर्थिक अनियमिततामा लिप्त रहेको पदाधिकारी नै पटक पटक पदमा आएकाले उनीहरु माथि छानवीन गर्नुपर्ने माग गर्दै औरावनीमा रहेको कार्यालयमा तलाबन्दी गरेको यादवले बताएका थिए ।
यता आईतबार सितागंज शाखा सिचाईको कार्यालय अगाडि किसान हरुले बिरोध पर्दशन गर्दै समिति खारेजको माग गरेका छन । किसान महेन्द्र प्रसाद यादवका अनुसार हामिले विधि नियम सम्बन्ध पुर्वक आन्दोलन गरेका छौं । हाल सम्म पनि हामीले पानी पोत तिर्न सकेको छुईन । समितिले पक्षपात गरि आफ्नो मन पर्ने किसानको घरमा पुगेर पानी पोतको रकम लिने गरेको आरोप समेत यादवले लगाए ।
सर्घष समितिका सम्योजक सुवालाल यादवका भनाइ अनुसार लुकि छिपि तथा एकलौटी विधान बिपरित तरिकाले बनाएको समिति खारेज नगरिए सम्म आफुहरुको आन्दोलन फिर्ता नहुने बताए । उनि भन्छन तत्काल समिति खारेज नगरिए सम्म भोलि बाटै चरण बद्व आन्दोलन गर्ने बताए ।
यता दासले विधि संगत भएको दावी गर्दै आउनुभएको छ ।