दुहबी / सुनसरीको दुहबीमा बडा दशैको अवसरमा लागेको मेलामा शुक्रबार सांझ ६.३० बजेको समयमा दुई युवा समुह बिच झडप हुदा आधा दर्जन युवा घाइते भएका छन भने एक युवाको अवस्था गम्भीर रहेको स्थानीय हरुले बताएका छन ।
घाइते हुनेमा दुहबी ४ घर भएको अल्ताफ हुसेन , मो. समसेर मियां , अफताज हुसेन , मो. ईजराईल मियां , दुहबी १० घर भएको मो. आसिक हुसेनको नाम खुल्नमा आएका छन भने अन्य घाइते हरुको नाम खुल्न बाकी रहेको छ ।
घाइते मध्ये आसिक लाई टाउकोमा गम्भीर चोट लागेकोले थप उपचारका लागि बिराटनगरको गोल्डेन अस्पताल पठाएको र बाकि सबैको उपचार सुनसरी सामुदायिक अस्पतालमा उपचार भरहेको अस्पताल स्रोतले जनाएको छ ।
घाइते समसेर हुसेनका अनुसार आफुहरु माथी आक्रमण भएको बेला प्रहरीकै उपस्थितिमा आक्रमण हुदा समेत प्रहरी मुख दर्सक बनेको आरोप लगाएका छन ।
यता सो घटना विषयमा ईलाका प्रहरी कार्यालय दुहबीका ईन्चार्ज घनेन्द्र हाङ खजुम संग बुझदा घटना किन र कसरी भएको बिषयमा अनुसंधान भईरहेकोले दोषी ठहरिएका लाई कानुनी कार्वाही हुने बताए ।