दुहबी / सुनसरीको इटहरी उपमहानगरपालिका देखी सीमाको बर्जु गाउँपालिकासम्म फैलिएको सितागंज शाखा नहरको जल उपभोक्ता समिति दुई दशकदेखी एकलौटी गठन गर्दै आएको रहस्य बाहिर आएको छ
वास्तविक उपभोक्ताहरुलाई जानकारी समेत नदिई गोजीका सिमित व्यक्तिहरुको समिति गठन गर्दै आएको विरोधमा समितिको कार्यालय गढी गाउँपालिका २ औरावनीमा तालाबन्दी गरेको छ । सुवालाल यादवको संयोजकत्वमा सर्घष समिति बनाएर सितागंज शाखा जल उपभोक्ता समितिको कार्यालय औरावनीमा तालाबन्दी गरेको हो ।
सोमबार समितिका संयोजक यादव र सहसंयोजक ओमनारायण यादव सहितका सयौ किसानले जल उपभोक्ता समितिको अध्यक्ष तपन कुमार दासले दशकौदेखी पद हत्याउदै आएकाले पारदर्शिता गर्नुपर्ने, दक्षिणवर्ती क्षेत्रका किसान भएपनि इटहरीमा गुपचुप धाधली तरिकाले गरेको, आर्थिक अनियमिततामा लिप्त रहेको पदाधिकारी नै पटक पटक पदमा आएकाले उनीहरु माथि छानवीन गर्नुपर्ने माग गर्दै औरावनीमा रहेको कार्यालयमा तलाबन्दी गरेको जनाएको छ ।
यता दासले विधि संगत भएको दावी गर्दै आउनुभएको छ ।