प्रहरीको सुरक्षा घेराभित्र बस्नु सवैभन्दा सुरक्षित मानिन्छ । जव कुनै कारणले मानिस असरुक्षित महसुस गर्छ भने उसलाई प्रहरी सुरक्षा घेराभित्र राख्ने गरेको देखिन्छ ÷ सुनिन्छ तर प्रहरी कार्यालय भित्रकै थुनुवा कक्षमा राखेको मान्छे त अझ सुरक्षित हुनुपर्ने हो । तर सुरक्षित हुन सकिरहेको छैन ।
प्रहरी कार्यालय भित्र २४ सै घण्टा प्रहरीहरुको निगरानी हुन्छ भने विभिन्न पोजिसनमा सुरक्षाकर्मिलाई डिउटीमा राखिन्छ । अझ अहिले प्रहरीको प्रत्यक्ष निगरानी सगै सिसिटिभि समेत जडान गरि निगरानी गर्ने प्रविधि समेत जडान गरेको देखिन्छ । थुनुवाले हिरासतमै आत्महत्या गरिरहदाँ खटाईएका सुरक्षाकर्मिहरु कहाँ हुन्छ ? जोडिएको सिसिटिभि जस्ता प्रविधीको अवस्था के हुन्छ ?
पसलमा राखिएको सिसिटिभिको निगरानीले पसलमा चकलेट चोर समेत ठाँउको ठाँउ समातिन्छ भने प्रहरी कार्यालयको थुनुवाको निगरानीको लागी जोडिएको सिसिटिभिले खिचिरहेको तस्विर पनि प्रहरीले स्क्रिनमा हेरेर बस्न सक्दैन ? थुनुवाले आत्महत्या गर्ला र सिसिटिभिको फुटेज देखाउला भनेर सिसिटिभिको जडान गरेको हो र ? की सजिलै गतिविधिको अवलोकन गर्नको लागी ? प्रहरी कार्यालयको हताभित्र प्रहरीले निगरानी गर्न सक्दैन भने प्रहरी कार्यालय बाहिरको प्रहरीको काम कस्तो भईरहेको होला ? अहिले सर्वत्र प्रश्न उठन थालेका छन ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमै पल्टु रबिदासले २०७८साल श्रबणमा आत्महत्या गरेका थिए । थुनुवा कक्षको शौचालयमा इनर (कपडा)ले पासो लगाएर उनले आत्महत्या गरेको पाइएको थियो । बाल्टिनमा उभिएर भेन्टिलेसनमा पासो लगाई उनले आत्महत्या गरेको देखिएको थियो ।
परिवारजनले भने हत्याको आरोप लगाएका थिए । प्रहरीले विपक्षीसँग आर्थिक चलखेल गरी हिरासतमै हत्या गराएको परिवार सदस्यको आरोप थियो । हत्याको अशंका गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी प्रर्दशनसमेत थिए । उनीहरूले स्थानीय नेता लालजी यादव र प्रहरीविरुद्ध चर्को नारबाजीसमेत गरेका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यायल सुनरीको थुनुवा कक्षमा भोक्राहा नरसिंह गाँउपालिका वडा न. ५ का हकिव शाह मियाँले हिरासतमै गम्छाको पासो लगाएर २०७८ साल असोज २४ गते आत्महत्या गरेका थिए । प्रहरीको हिरासतमै आत्महत्या गरेकोले मृतकका आफन्तले प्रहरीले नै हत्या गरेको भन्दै आन्दोलित भएका थिए । इनरुवा बजार तनावग्रस्त बनेको थियो ।
मृतक हकिव र ईनरुवा वडा नं. ९ का एकजना खत्वे समुदायकी १९ वर्षीया युवतीसँग प्रेम भएपछि दुवैजना भागेका थिए । तर, प्रहरीले धनकुटाबाट पक्राउ गरेर ल्याएको थियो । विवाहका लागि केटीको उमेर नपुगेकाले प्रहरीले अभिभावकलाई जिम्मा लगाएका थिए । मियाँलाई भने प्रहरीले अभद्र व्यवहार अन्तर्गत मुद्दा दायर गरेका थिए ।
१२ दिनदेखि थुनामा रहेका २२ वर्षीय हाकिम मियाँको जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा झुण्डिएर मृत्यु भएपछि मृतकका आफन्तले कार्यालय अगाडि नारा जुलुस लगाउँदै आन्दोलित भएका थिए ।
जिल्ला प्रहरी कार्यालयले ‘मियाँको मृत्यु कसरी भयो भन्ने सबै कुरा हिरासतभित्र राखिएको सिसिटिभि फुटेजमा देखिएको छ । उनी बिहान उठेर शौचालय गएको देखिन्छ । त्यसपछि फर्केर आएर गाम्छाले बेरिएर हिरासतभित्रै आत्महत्या गरेको देखिएको स्पष्ट पारेको छ ।
यसैबीच, मृतक मियाँका आफन्तहरूले इनरूवा–९ बबियास्थित केटी पक्षको गोदाममा आगजानी गरेका थिए । आगजनीबाट ५ करोड भन्दा बढिको क्षति भएको घरधनी विष्णु शर्माले दावी गरेका छन । घटनाको छानविन गर्न ७ सदस्य समित गठन गरेको छ ।
त्यस्तै २०७८ साल असोज २५ गते कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरमा प्रहरी हिरासतमै करिब ३५ वर्षीय धनबहादुर रानाको राति मृत्यु भएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले थुनुवाको शौचालयमा गएर रानाले आत्महत्या गरेको बताएका छन् । रानालाई प्रहरीले राँगा चोरेको आरोपमा पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमा रहेका मानिसहरुले आफुले गरेको कामको हिनताबोध गर्नु, समाजको डर त्रास महसुस गर्नु, कानुनी कर्वाहीबाट डराउनु, उनीहरुको आत्मविश्वास कमजोर हुनु र उचित निर्णय लिन नसक्नुको कारणले गलत निर्णय लिई आत्महत्या गर्ने गरेको विश्लेषकहरुको भनाई रहेको पाईन्छ ।
यस्ता थुप्रै घटनाहरु प्रहरीको प्रत्यक्ष निगरानीमा हुने गरेको देखिन्छ । जसबाट प्रहरीको मिलोमतोमा हत्या भएको हुन सक्ने अशांका गर्ने गरेको देखिन्छ । प्रहरी हिरासतमै थुनुवाको मृत्यू हुदाँ आत्महत्या की हत्या भने प्रश्न उठनु स्वाभाविक नै हुन्छ ।
प्रहरी हिरासतमा हुने यस्ता घटना हुन नदिनका लागी प्रहरी अझ जिम्मेवार हुन जरुरी देखिन्छ भने डिउटीमा खटाइएका प्रहरीलाई सचेत गराउन आवश्यक हुन्छ । यसले प्रहरीको गरिमा लाई घटाउने र अबिश्वास पैदा गर्ने गर्दछ । पपुलर निवज बाट





