• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

विराटनगरमा कक्षा १२ को कपी जाँचमा सेटिङ : शिक्षकलाई आफ्नै विद्यार्थीको उत्तरपुस्तिका जिम्मा 

काेचिला खबर by काेचिला खबर
10/11/2021
in स्थानीय
63
SHARES
286
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय विराटनगरले कक्षा १२ को उत्तरपुस्तिका जाँचमा सेटिङ गरेको पाइएको छ । जुन विद्यालय (प्लस–टु) विद्यार्थीले परीक्षा दिए त्यही विद्यालयका शिक्षकलाई उत्तरपुस्तिका जाँच गर्न दिएर सेटिङ गरेको हो । 

राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार विराटनगरको मेरिल्यान्ड कलेज र शिक्षादीप कलेजका विद्यार्थीको उत्तरपुस्तिका जाँचमा सेटिङ भएको छ ।

परीक्षा बोर्डले गोग्राहा स्कुलमा सेन्टर बनाएर उत्तरपुस्तिका जाँच गरिरहेको छ । तर नियम विपरित उत्तरपुस्तिका सम्बन्धित स्कुलका शिक्षकलाई नै बुझाएपछि शुक्रबार विवाद भएको हो । 

परीक्षा बोर्ड विराटनगर स्रोतका अनुसार कार्यालय प्रमुख डम्बरकुमार बतासको सेटिङमा सम्बन्धित कलेजका शिक्षकलाई कपी काट्न जिम्मा दिएको हो । बोर्डले अधिकृत समिता राईलाई कपी काट्ने जिम्मा दिएको थियो । राई बाहिर गएका बेला मेरिल्यान्डका शिक्षकलाई सोही कलेजका विद्यार्थीले लेखेको उत्तरपुस्तिका काट्न दिइएको थियो । ती शिक्षकले पाएकोमध्ये आधा कपी काटेपछि सेटिङको रहस्य बाहिर आएको हो ।

‘म खाना खान गएको थिएँ,’ राईले भनिन्, ‘आएर जाँच गर्दा मलाई जानकारी नदिई उत्तरपुस्तिका  जिम्मा लगाइएको रहेछ
ती शिक्षकले काटेको कपीमा धेरै नम्बर दिइएको स्रोतको दाबी छ । बदनियत राखेको देखिएपछि विषय विज्ञबाट कपी पुनः जाँच गर्ने तयारी भएको उनले बताए ।

शिक्षादीप ‘प्लस टु’ र अरनिको ‘प्लस टु’ को कपी पनि सोही स्कुलमा अध्यापन गराउने शिक्षकलाई दिनेगरी लिस्ट तयार गरिएको थियो ।

उत्तरपुस्तिका जाँच केन्द्रमा खेटिएकी अधिकृत राईले अरु स्कुलका शिक्षलाई दिन खोजेको उत्तरपुस्तिका आफूले रोकेको बताइन् । ‘जाँच केन्द्रमा खटिएको म थिएँ, तर मेरो जानकारीबिना नै उत्तरपुस्तिका कसरी गयो ?’ उनले भनिन्, ‘कार्यालयबाटै ठूलो कमजोरी भएको छ ।’ 

कपी जाँचमा खटिएका एक शिक्षकका अनुसार कार्यालय प्रमुख डम्बरकुमार बतासले कपी जिम्मा लगाएका थिए । तर घटनापछि बतास कार्यालयमा आएका छैनन् । घटनाको विषयमा बुझ्नका लागि पटक–पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

असोज १६ गते यता विराटनगरमा कपी जाँच भइरहेको छ । कपी जाँच केन्द्रमा खटिएकी अधिकृत राईका अनुसार कपी जाँचका लागि दिँदा आफ्नै स्कुलको परे फिर्ता गर्न भनिएको थियो ।

उत्तरपुस्तिका जाँच गर्ने व्यक्तिसँग कसले उत्तरपुस्तिका दियो भनेर सोध्दा आफूले नचिनेको व्यक्तिले आएर दिएको बताएका थिए । प्रहरी सुरक्षामा रहेको कपी जाँच केन्द्रमा बाहिरका मानिसलाई प्रवेश निषेध छ । आन्तरिक रूपमा छानबिन गरिरहेको बताउँदै राईले कार्यालयबाटै कमजोरी भएको बताइन् । 

राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका सूचना अधिकारी दया राईका अनुसार कार्यालय प्रमुख डम्बरकुमार बतासले नै कपी दिएको भन्ने जानकारी आएको छ । आफ्नै विद्यार्थीको कपी काटेको पाइएपछि शिक्षकबाट कपी खोसिएको उनले बताए । ‘कार्यालबाट कमजोरी भएको छ,’ उनले भने, ‘तर विद्यार्थीलाई भिक्टिम बनाउने कुरा आउँदैन, विषय विज्ञबाट पुनः जाँच हुन्छ

मेरिल्यान्ड कलेजका सञ्चालक भेषराज पोखरेल कपी जाँच गर्दाको विषयका बारेमा आफूलाई जानकारी नभएको बताए । कपी जाँच गर्ने विषय बोर्डको आन्तरिक व्यवस्थापनमा रहने बताउँदै उनले कमजोरी भए सच्याउनु पर्ने बताए । कोशि अनलाईन बाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025
दुहबी ५ को वडा कार्यलय भवन मेयर गच्छ्दार द्वारा उद्घाटन

दुहबी ५ को वडा कार्यलय भवन मेयर गच्छ्दार द्वारा उद्घाटन

12/16/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist