• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरीमा थुनुवाको मृत्यु प्रकरण : बन्यो छानबिन समिति

काेचिला खबर by काेचिला खबर
10/11/2021
in स्थानीय
88
SHARES
402
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी / जिल्ला प्रहरी कार्यालयको हिरासतमा युवकको मृत्यु भएको विषय छानबिन हुने भएको छ । आइतबार बिहान ३ बजेर १७ मिनेटमा हिरासतभित्रै भोक्राहा नरसिंह गाउँपालिका ५ बस्ने २२ वर्षीय मोहम्मद हकिव मियाँ झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

मृतक मियाँका बुबा, जिल्ला प्रशासन, भोक्राहा नरसिंह र कोसी गाउँपालिकाका अध्यक्षहरुसहितको छलफलमा घटनाबारे छानबिन गर्न समिति गठन गर्ने सहमति भएको हो ।

सहमतिअनुसार छानबिन समिति संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेल रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको संयोजकत्वमा गठित छानबिन समितिमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्की, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी, दुईजना वडाध्यक्ष र दुईजना मृतकका आफन्त रहेका छन् ।

छानबिन समितिले मृतकका परिवारलाई क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गर्ने पोखरेलले बताए । उनले भने, ‘मृतक मियाँको बुबाले चित्त बुझाएर वार्तामा सहमति जनाउनु भएको छ । उहाँले प्रदर्शनकारीहरुलाई आन्दोलन फिर्ता लिन अनुरोध गर्नुभएको छ ।’

यसअघि आइतबार प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा इनरुवा क्षेत्र तनावग्रस्त बनेको थियो । १२ दिनदेखि थुनामा रहेका २२ वर्षीय मियाँको आइतबार मृत्यु भएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय अगाडि नारा जुलुस लगाउँदै टायर बालेका थिए । झडपमा प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले १२ सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।

इनरुवा नगरपालिका–९ बवियाका खत्वे समुदायकी १९ वर्षीया युवतीसँग प्रेम सम्बन्धपछि गाउँबाट दुवै भागेका उनीहरुलाई १२ दिनअघि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले युवतीलाई अभिभावकको जिम्मा लगाए पनि मियाँलाई भने अभद्र व्यवहार मुद्दामा अनुसन्धानको क्रममा थुनामा राखेको थियो ।

युवकको मृत्युपछि प्रदर्शनकारीहरुले हिरासतभित्रै हत्या गरिएको आरोप लगाएका थिए । तर, सीसीटीभी फुटेजमा भने उनी बिहान उठेर शौचालय गएको र फर्केर आएपछि हिरासतभित्रै गम्छाको सहायताले झुन्डिएको स्पस्ट देखिएको एसपी सञ्जयसिंह थापाले दाबी गरे ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist