दुहवी/सुनसरीको दुहवी ८ स्थित सोनापुरमा रहेको बिष्णु माबीको करोडौंको जग्गामा भूमाफियाको गिद्दे नजर भन्ने समाचार विभिन्न संचार माध्यमबाट केही दिन अगाडि सम्प्रेसन भएपछि सो जग्गा जोगाउन विद्यालयले चासो देखाएको छ ।
बिष्णु माबीको ३ बिगाहा ४ कठ्ठा ५ धुर जग्गामा भुमाफियाले मोहि खडा गरेर कब्जा प्रकृया अगाडी बढाएको स्थानीयहरुको आरोप पछि बिष्णु माबी दुहवीको नाममा रहेको तत्कालिन सोनापुर गाबिस वडा नम्बर २(ख) हालको दुहवी नगरपालिका वडा नम्बर ८ स्थित कोशी राजमार्गकंगै टाँसिएको कित्ता नम्बर ३०१ को ३ बिगाहा ४ कठ्ठा ५ धुर जग्गाका मोहि रहेका पृथ्वीध्वज राईको मृत्यु भईसकेपछि उनकी बिवाहित छोरी खडा गरेर भूमाफियाले चलखेल गरेको स्थानिय नईमुदिन रैनको आरोप छ।
रैनका अनुसार पृथ्वीध्वजकि छोरी गंगादेवी राईलाई मोहि खडा गरेर भूमाफियाले २०६७सालमा मुद्दा दर्ता गरेर भूमाफियाले तत्कालिन सोनापुर गाबिस हाल दुहवी नगरपालिका वडा नम्बर ८ बस्ने गंगादेवी राईलाई प्रयोग गरेर बिद्यालयको करिव १० करोड रुपैँया पर्ने जग्गामाथी नजर गाढेको दाबी गरे ।
उच्च अदालत बिराटनगरबाट मोहिका नाममा फैसला भईसकेको उक्त जग्गा सर्बोच्च अदालतमा पुनराबेदन गर्न पाईने समय न सकियोस भनेर विद्यालय ब्यब्स्थापन समितिको बैठक बसि यहि असोज १९ गते मोहियानीका विरुद्ध सर्बोच्च अदालतमा पुनरावेदन गरेकोले यहि मंसिर २६ गते सर्बोच्चमा अदालतमा तारीख रहेको तारीख पर्चा नम्बर ३५ रहेको सो विद्यालयका प्रधान अध्यापक अम्बर राइले बताए।





