• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरीमा, थुनुवाको हत्या कि आत्महत्या ? प्रहरी प्रमुख थापा भन्छन् आत्महत्या हो ।

काेचिला खबर by काेचिला खबर
10/10/2021
in स्थानीय
92
SHARES
416
VIEWS
Share on FacebookShare on Twitter

इनरुवा,/  जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत कक्षमा रहेका एक जना थुनुवाको हत्या हो कि आत्महत्या भन्ने चर्चाको विषय बनेको छ।

भोक्रहा नरसिंह गाउँपालिका वडा नम्बर ५ का अन्दाजी वर्ष २४ को हकिम साहको आज बिहान ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीको थुनुवा कक्ष भित्र गम्छामा झुन्डिएको अवस्थामा शव फेला परेको हो।

मृतक साहका आफ्नहरुले प्रहरी कार्यालयमा हत्या भएको हो भन्दै प्रदर्शन गरिरहेका थिए। पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडपसमेत भएको छ।

झडपमा दर्जन नौ प्रदर्शनकारी र दर्जनभन्दा बढी प्रहरीसहित घाइते भएका छन्। प्रदर्शनकारीहरुले प्रहरी कार्यालय र परिसरका संरचना समेत तोडफोर गरि क्षति गरेको छ।

प्रदर्शनकारीहरुले ढुंगामुढा गरेपछि जिल्ला प्रहरी कार्यालय अगाडि अवस्था तनावग्रस्त बनेको थियो । अवस्थालाई शान्ति बनाउन प्रहरीले आधा दर्जन श्रुग्यास समेत प्रहार गरेको थियो ।

प्रदर्शनकारीहरुले पछि नहटेपछि झन् उग्ररूप मनाउन थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीको लाठीबाट प्रदर्शनकारीसहित एक दर्जन आमनागरिक घाइते भएको छन् ।

बासको भट्टासहित प्रदर्शनकारीहरुले प्रहरी माथि ढुंगामुढा प्रहार गरेपछि दर्जनभन्दा बढी प्रहरी घाइते भएको छन् ।

प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै शव नबुझ्ने बताएका छन्। उनीहरुले सुनसरी स्थित इनरुवा, भोक्राहा, कोशीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए।

प्रदर्शनकारीहरुले केटीको घरमा तोडफोर गरि आगजनी समेत गरेको छन् । आगजनीलाई नियन्त्रणमा लिन कोशी गाउँपालिकाबाट बरुण यन्त्र पुगेर आगजनी नियन्त्रणमा लिएको भन्ने आगजनीबाट समान्य छति समेत भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्माहत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए। उनले घटना अनुसन्धानका क्रममा रहेकाले छानबिन हुने बताए।

प्रहरीले प्रदर्शनकारीलाई हटाउन पटकपटक प्रयास गरे पनि उग्र बनेको समूह प्रहरीमाथि जाई लागेको थियो। कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा-५ का मोहम्मद हकिम साह अनुसन्धानका क्रममा थुनामा थिए। पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन्।

उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित रहेको दाबी गरेका छन्।

मृतक साहका बुबाले प्रदर्शन नगर्ने सबैलाई अपिल समेत गरेको हो। एक चरणको सहमति पछि शवलाई पोष्टमाटमको लागि वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ।

पोष्टमाटमपछि शवलाई ३ बजे घर ल्याउने त्यसपछि इस्लाम धर्म अनुसार बेलुका ५ बजे अन्तिम संस्कार गर्ने जिल्ला प्रहरी कार्यालय सुनसरीमा सहमति भएको छ। मृतकका बुबा फुलमहम्द साहले पनि सहमत भएको हो।

दोस्रो चरणको सहमतिका लागि भोली सोमबार सुनसरी जिल्ला प्रशासन कार्यालयमा मृतकका आफ्नत, समाजका अगुवा, प्रहरी प्रमुख , जिल्ला प्रशासन प्रमुख सहितको टोली दिसो २ बजे बस्ने निर्णय भएको छन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist