• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

नेपाली कांग्रेस दुहवी नगर समितिको पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न

काेचिला खबर by काेचिला खबर
10/10/2021
in स्थानीय
87
SHARES
397
VIEWS
Share on FacebookShare on Twitter

दुहबी  / सुनसरीको दुहवीमा नेपाली कांग्रेसको दुहवी नगर समिति तथा क्षेत्रिय प्रतिनित्रिहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार दुहवी ५ स्थित श्री सरस्वती मा वि को खेल मैदानमा नेपाली कांग्रस दुहवी नगर समितिले पदस्यापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली काङ्ग्रेस दुहबी नगर समिति ले आयोजना गरेको पदस्थापना तथा सुभकामना आदान प्रदान कार्यक्रम मा प्रमुख अतिथि बिजय गच्छदार रहनु भएको थियो भने नव निर्वाचित नगर सभापति बेद गच्छदार ले सम्पुर्ण आयोजना सहित ब्यवस्थापन गर्नु भएको थियो।

बेद गच्छदारको पहिलो पदस्थापना कार्यक्रम मा उपस्थित हजारौ कार्यकर्ता हरुको उपस्थिति मा सभापति बेद गच्छदार ले आफ्नो कार्यकाल भरी नेपाली काङ्ग्रेस को हरेक तह तप्कामा सबल ,सक्षम र अग्रगामी कार्यकर्ता हरुलाइ लिएर अगाडि बढ्ने बताए। माहाधिबेशन प्रतिनिधि ,माहासमिती,,जिला प्रतिनिधि , नगर अनि क्षेत्र भन्दैमा वास्तविक नगर का वडाका सामान्य कार्यकर्ता हरुको मनोभाव बुज्ने नेतृत्व नभएको कारण अब त्यसो हुन नदिन आफ्नो कार्यकाल भरी हरेक पदेन सदस्य हरु आफ्नो वाक स्वतन्त्रता का लागि अगाडि बडेर बोल्ने अवसर जुटाउने र सबैलाइ जिम्मेवार बनाउदै आगामी स्थानीय तथा क्षेत्रीय निर्वाचन मा अत्याधिक बहुमत का साथ उमेदवार बिजयी गराउने अठोट का साथ अगाडि बढेको नगर सभापति बेद गच्छदार ले बताए।

उराउ जातिका सास्कृत्क झाकी सहोत व्यापक जनसमुदाय हरुको उपस्थित रहेको उक्त सभामा दुहबी कै अहिलेसम्म को नया र नमुना कार्यक्रम रह्व्को स्थानिय हरुले बताए।

नेपाली कांग्रेसको नगर समितिको पदस्थाप तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेस दुहवी नगर समितिका सभापति वेद नारायण गच्छदारको रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसको उप–सभापति विजय गच्छदार रहनुभएको थियो त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्पना चौधरी, पूर्व पर्यटन राज्य मन्त्री सुमित्रा थरुनी, पूर्व प्रदेश सभा सांसद सिताराम मेहता, नेपाली कांग्रसका वरिष्ठ नेता प्रदिप कुमार चौधरी, जिल्ला उपसभापति संजय श्रेष्ठ, क्षेत्र नं. ३ ख का अगमलाल चौधरी, क्षेत्र नं. ३ का सभापति मेहदी हुसैन, महासमितिका सदस्यहरु, दुहवी नगर समिति निवर्तमान सभापति गुलाबी मियाँ लगायतको उपस्थिति रहेका थिए ।

कार्यक्रममा अतिथिको रुपमा दुहवी न.पा उप–प्रमुख सुनिता दाहाल साह, महाधिवेशन प्रतिनिधीहरु, क्षेत्र प्रतिनिधीहरु, इटहरी नगर समितिका सभापति, इनरुवा नगरका सभापति, बर्जु, गढी, लगायत नेपाली कांग्रेस दुहवी नगरपालिकाको १ देखि १२ वटै वडाका सभापति रहेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका उप–सभापति विजय गच्छदारले तस्बिरमा अविर माला अर्पन गरी पानसमा वत्ति बाली कार्यक्रमको समुदघाटन गरिएको थियो ।
यस्तै कार्यक्रममा मेनुका खतिवडा, तथा गुलाबी मियाले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको मन्तब्यको क्रममा नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले अन्तिममा बोल्ने गरेको हुदाँ सचिव ज्युले विचमै मलाई बोल्न दिनुभयो भन्दै सर्वप्रथम गच्छदारले नगरका निर्वाचित सम्पूर्ण समितिलाई विशेष धन्यवाद दिए । गच्छदारले भने, नेपाली कांग्रस एक भएर लाग्नु पर्छ, नेपाली कांग्रेस एक भएर लाग्यो भने देशमा अरु कुनै पनि पार्टीले नेपाली कांग्रेसको अगाडी टिक्न सक्दैन ।
यसैगरी गच्छदारले ललिता निवास प्रकरणमा आफुलाई फसाइनुको पछाडी ओलीको हात रहेको बताए । तत्कालिन समयमा कम्युनियटमा मिल्न भन्यो र म एमालेमा नमिलेकै कारण सुनियोजित रुपमा फसाइएको र गच्छदारले आफ्नो आरोप प्रमाणित गरेर देखाउन समेत चुनौती दिए ।

गच्छदारले भने ओलीजीसँग चुनावी तालमेल गर्न सकिन, एमालेमा समाहित हुन सकिन र काँग्रेसमै फर्किए । त्यसैकारण तत्कालिन सरकारले सुनियोजित रुपमा मलाई फसायो ।
गच्छादारले भने मेरी श्रीमती आज तपाईहरुको बिचमा हुनुहुन्न तर पनि मेरी श्रीमती निर्मला गच्छादार को बारेमा अनेकौ हावा फैलाएर मलाइ र मेरी श्रीमतीलाई बद्नाम गर्न अहिले पनि पछि परेका छैनन् केहि व्यक्तिहरु । तपाइँ आज पनि बिराटनगरको जनपथ टोलमा गएर हेर्नुहोस आज पनि ६ या ७ धुरको कुटिया छ जुन मैले पंचायात कालमा खरिद गरेको थिए तर त्यो कुटियालाइ साढे १७ कट्ठा जग्गा मेरी श्रीमती निर्मलाको नाममा छ भनेर लाल्छना लगाइरहेका छन । ललिता निवाश प्रकरण मा मलाई घसिटिय मलाइ फसायियो अख्तियारमा मुद्दा पनि हालियो तर जित सधै सत्यको हुन्छ ।

हजारौ नेपाली जनताको रगतबाट बनेको संबिधान र संबिधानमा मेरो पनि अहम भूमिका रहेको छ । आज जुन यहा हजारौको संख्यामा आएर जुन सम्मान मलाइ दिनुभएको छ यो मलाई हैन सिंगो कांग्रेसलाई तपाइले दिएको हो किनकि मेरो सम्मान नै नेपाली कांग्रसको सम्मान हो र नेपाली कांग्रसको सम्मान मेरो हो । तपाइहरुको जिवनको लागि तपाइहरुको हक अधिकारको लागि मा लड्दैछु र फेरी पनि अन्तिम सास सम्म मा लडिरहनेछु, संघर्ष गरिरहनेछु ।

कार्यक्रममा नेपाली कांग्रेसका सचिव रमेश कुमार रौनियारले उदघोषण गरेको सो कार्यक्रममा नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित भएकाहरु १२ वटै वडाका क्षेत्रिय प्रतिनिधिहरु तथा नेपाली कांग्रेस दुहवी नगर समितिलाई खादा ओढाई सम्मान गरिएको थियो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025
दुहबी ५ को वडा कार्यलय भवन मेयर गच्छ्दार द्वारा उद्घाटन

दुहबी ५ को वडा कार्यलय भवन मेयर गच्छ्दार द्वारा उद्घाटन

12/16/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist