दुहबी / स्वतन्त्र पत्रकार संघ नेपाल सुनसरीका उपाध्यक्ष तथा कोचिला खबर मिडियाका प्रबन्धक ,स सम्पादक पत्रकार अकबर अलि लाई मातृ शोक परेको छ ।
अलिकी आमा फतमा खातुनको आफ्नै निवास दुहबी १० सिमरीयामा मंगलबार बिहान ४ बजे ७० वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । खातुन बिगत लामो समय देखि मुटु र दम रोग संग ग्रसित रहेको थियो ।
निधन हुनुभएकी खतुनको अन्तिम संस्कार मंगलबार दिउँसो १.३० बजेको समयमा गरिनेछ ।





