दुहबी / मोरङको सुन्दरहरैंचामा बजार अनुगमनको टोलीसंग रहेका सञ्चारकर्मी माथि स्थानीय एक व्यापारीले दुव्यवहार गरेका छन् । सुन्दरहरैंचा ७ स्थित गोठागाउँमा रहेको विनोद किराना पसलमा अनुगमन गर्ने क्रममा पसलका सञ्चालक अनुरोध साहले अनुगमन टोलीमा रहेका सञ्चारकर्मीमाथि दुव्र्यवहार गरेका हुन् ।
अनुगमन टोलीले सो पसलबाट किरा परेको चामल, मिति सकिएको विस्कुट, धनिया, मसला लगायतका समान जफत गर्ने क्रममा उनले अनुमगन टोलीसँग वादविवाद गरेका थिए । कोचिला खबरका प्रमुख संवाद दाता शिव भट्टराई भोजपुरेले बादविवाद गर्दै गरेको दृश्य कैद गर्दा किन मेरो भिडियो खिचेको भन्दै पसलका सञ्चालक अनुरोध साहले भट्टराईलाई धकेल्नुका साथै क्यामेर खोस्ने प्रयास गरेका थिए ।
भट्टराईलाई धकेल्नुका साथै क्यामेर खोस्ने प्रयास गरेको दृश्य कैद गरिरहेका मकालु टेलिाभिजनका पत्रकार रेवती निरौलालाई समेत साहुले भिडियो डिलिट गर्न दवाव दिएका थिए ।
सोही घटना प्रती कोचिला खबर मिडियाका प्रबन्धक तथा स सम्पादक अकबर अलि , कार्यकारी सम्पादक प्रेम प्रसाद गिरिले घटना प्रती आप्ती जनाउँदै घटना प्रति घोर भत्र्सना गतेका छन साथै तत्काल दोषी माथि कार्वाहीको माग समेत गरेका छन ।
यसैबीच पत्रकार महासंघ मोरङले विज्ञप्ती जारी गर्दै बजार अनुगमनको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मी माथि भएको दुव्र्यवहारको भत्र्सना गरेको छ । महासंघ सचिव नेत्र पी अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मी माथि दुव्र्यवहार गर्नु, क्यामेर खोस्ने प्रयास गर्नु तथा भिडियो डिलिट गर्न दबाब दिनु निन्दनिय कार्य भएको उल्लेख गरिएको छ।





