दुहबी / सुनसरी को दुहबी नगरपालिका ले अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ। उक्त दिवसको अवसर पारेर नगरपालिका ले १२ वटै वडा गरि जम्मा ६० जना लाई सम्मान गरेको छ।
दुहबी नगरपालिका को सभाहलमा भएको उक्त कार्यक्रम का सभा अध्यक्ष नगर प्रमुख आदरणीय बेद गच्छदार को अध्यक्षता मा सम्पन्न भएको थियो। कार्यक्रम मा विशिष्ट अतिथी उपप्रमुक्ग सुनिता दाहाल साह, प्रमुख प्रशाशकिय अधिकृत बिनोद न्यौपाने साथै दुहबी नगर जेष्ठ नागरिक समिती अध्यक्ष हैदर अलि समेत को उपस्थित रहेको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख गच्छदार ले सन १९९० देखि नेपाल सरकार ले जेष्ठ नागरिकका लागि छुट्टै कार्तक्रम थालनी गरेपनी प्रजानत्र आएपछी मात्रै सुरु भएको बताए। गच्छदार ले बिगतमा प्रत्येक ४ महिनामा दिइने बृदभत्ता वृद्ध बृद्दाको समस्यालाइ मध्यनजर गर्दै अबदेखी हरेक ३ महिनामा प्रदान गरिने बताए।
आफू जवान हुन्जेल बालबच्चा को लत्ता,कपडा ,खानपिन,औसधि उपचार, पढाइलेखाइ लगायत सम्पुर्ण जिम्मेवारी बहन गरेपनी वृद्ध भैसकेपछी अधिकान्श सन्तानले बास्ता गर्ने नगरेको प्रती अति भावुक बन्दै गच्छदारले तमाम नगरबासी तथा देशबासी लाई आफ्ना मातापिता प्रती सद्भावना पुजा गर्न अनुरोध गरे।
नगरमा मात्रै सिमित रहेको जेष्ठ नागरिक कल्याणकारीणि समिती लाई तत्कालै वडा स्तरसम्म पुराई सेवा प्रवाह गर्न महिला बिकास साखा लाई आदेश दिदै आगामी दिनमा जेष्ठ नागरिकलाइ आफू नगर प्रमुख रहुन्जेल कुनै आशुमा को आहाल मा डुब्न नपर्ने बिश्वास दिलाए।
अपाङ्ग जेष्ठ नागरिकलाइ प्रत्येक वडामा रु ५० हजार छुट्याइसकेको बताउदै गच्छदारले वृद्ध अवस्थामा पनि कसैको मुख ताक्न नपर्ने खालका थप कार्यक्रम ल्याउने बताएका थिए। गच्छदार को उक्त भनाइ सुन्दा धेरै वृद्ध बृद्दा खुसिले गदगद भएका थिए। निशुल्क प्रेसर सुगर जाच ,आँखा सम्बन्धी जलबिन्दु,मोतियाबिन्दु,आखामा मासुपलाएको निशुल्क उपचार, स्वास्थ्य बिमा ,लगायत कार्यक्रम वृद्ध वृद्दालाइ नै प्रभावकारी रहने दर्शाउदै नगर प्रमुख गच्छदारले आफू सधै वृद्ध बृद्दा,अपान्ङ्ग,अशक्त,सुकुम्बासी ,बिपन्न तथा पिछडिएका बर्ग समुदाय प्रती गम्भीर रहेको बताए। गच्छदार ले जेष्ठ नागरिकलाइ दोसल्ला ओडाइ साथमा हर्लिक्स ,छाता लगायत दिएर सम्मान गरेका थिए।
कार्यक्रम मा बोल्दै प्रमुख प्रशासकिय अधिकृत बिनोद न्यौपाने ले सन १९९० देखि सुरु भएको जेष्ठ नागरिक लक्षित कार्यक्रम २० ५२ सालमा रु १ सयले सुरु भए पनि अहिले ४ हजार पुगेको बताए।





