दुहवी / सुनसरी क्षेत्र नं. ३ मा विभिन्न पार्टी परित्याग गरी ४ सय ७५ जना नेकपा (एमाले)मा प्रवेश गरेका छन् । अरु राजनीतिक दलहरुले मुलुकको विकास र जनताका आकांक्षालाई संवोधन गर्न नसक्ने भन्दै उनीहरु नेकपा (एमाले) मा प्रवेश गरेका नव प्रवेशि हरुले बताए ।
दुहवी–९ छाताबेलीका ४ सय ७५ जना भन्दा बढी जनताहरु पार्टी प्रवेश गरेको नेकपा (एमाले) केन्द्रीय सदस्य भगवती चौधरीले बताइन् । आज आयोजित कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री समेत रहेका भीम आचार्य, भगवती चौधरी, प्रदेशसभा सदस्य निलम खनाल, रोहित कार्की लगायतले नव प्रवेशीहरुलाई अबिर तथा खादा लगाएर पार्टी प्रवेश गराए ।
चुनाव जितेर गएका नेताहरु कार्यकालभरी एक पल्टपनि गाउँमा नआएको, गाउँमा समस्या, बेरोजगारी समस्या हल नगरेकोले छाताबेलीका अधिकांश युवाहरु निराशर एमाले पाटी प्रवेश गरेका युवाहरूको गुनासो रहेको छ । उनीहरुले अबको निर्वाचनमा स्पष्ट परिवर्तन खोजेको बताए ।
कार्यक्रमका प्रमुख अतिथी एमाले केन्द्रीय सचिवसमेत रहेका मुख्यमन्त्री आचार्यले जनताको बहुदलीय जनवाद विना मुलुकमा स्थायी शान्ति र समृद्धि हासिल गर्न नसकिने बताउँदै नेकपा एमालेले मात्र जनताको आवाज मुखरित गर्ने बताए । २०७४ सालको निर्वाचनबाट मुलुकमा पहिलोपल्ट शक्तिशाली सरकार गठन भएपनि प्रतिगामी र यथास्थितिवादीहरुको सड्यन्त्रमा परेर ५ वर्षको म्यान्डेट पाएको सरकार ढलेको बताए ।
मुलुकका सबै वर्ग क्षेत्र र समुदायको समान विकास गर्न र समाज रुपान्तरणको स्पष्ट कार्यदीशा नेकपा एमालेसँग मात्र रहेको प्रष्टयाउँदै अब पार्टीभित्र समेत युवाहरुलाई प्राथमिकताका साथ स्थान दिने बताए ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री भगवती चौधरीले जनताका जनजिविकाका सवालमा नेकपा एमालेले अपनाएको संमृद्ध मुलुक सुखी नेपालीको अभियान जारी रहेको बताउँदै अबको निर्वाचनमा जनताले पुनः जनमत दिने बताइन् । नेकपा एमालेलाई देशी विदेशी शक्तिहरुको सड्यन्त्रमा विभाजन गराएको बताउँदै नेतृ चौधरीले इतिहासले त्यसको पुष्टि गर्ने जिकीर गरिन् ।
स्थानीय विकास, युवा रोजगार, आत्मनिर्भरता र उद्यमशिलतामा पार्टीले विशेष ध्यान दिएको बताउँदै युवाहरुलाई स्वरोजगार बनाउन पार्टीले अभियान थाल्ने बताइन् । मुलुकको विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै पार्टीभित्र पनि अब रुपान्तरणको खाँचो रहेको बताइन् ।
दुई तिहाईको सरकार ढालेर मुलुकको राजनीतिमा अस्थिरता निम्त्याएको बताउँदै उनले आउँदो निर्वाचनमा पनि जनताले ०७४ सालको जस्तै अभूतपूर्व जनमत दिने विस्वास गरीन् ।
सो कार्यक्रमको मन्तबयमा केन्द्रिय सदस्य तैयब हुसेन ,प्रदेश १ सांसद निलम बस्नेत , प्रदेश कमिटी सदस्य राम जान अलि , जिल्ला सदस्य आबिद हुसेन , दुहबी ४ का वडा अध्यक्ष राजन बस्नेत , नव प्रवेशि ताबिल हुसेन , नहिमुदिन रैन लगायतले आफ्नो आफ्नो धारण राखेका थिए ।
एमाले नेतृ चौधरीको निर्वाचन क्षेत्रमा नेकपा एमालेले पार्टी विस्तार र संगठन सुदृढीकरणका कार्यक्रमलाई प्राथमिकताका साथ चलाईरहेको छ ।