दुहबी / नेपाली काङ्ग्रेस दुहबी नगर कार्यसमिति अन्तर्गत १४ औ माहाधिबेशन मा बिजयी नगर सभापति तथा युवा नेता बेद गच्छदार लगायत को सम्पुर्ण बिजय टिम भएका उमेदवार हरु लाई आज निर्वाचन अधिकृत ले प्रमाणपत्र बितरण गरेका छन।
उक्त प्रमाणपत्र बितरण कार्यक्रम मा बोल्दै मेयर तथा निर्वाचित नगर सभापति गच्छदार ले अहिलेसम्म नगर भित्र रहेकोे सम्पुर्ण सुभेक्षुक सस्था हरुलाइ किन्तु परन्तु नभनी चलायमान बनाएर लैजाने वचन बद्दता प्रकट गरे।
गच्छदार ले one man army होइन पार्टी लाई सहि र समुहगत रुपमा सक्रिय बनार लैजाने बताए। आफ्नो रहर हैन दुहबिको भोलिको राजनैतिक अवस्था लाई सुदृढ बनाएर लैजान साथै आदरणीय नेता बिजय गच्छदार लाई सुनसरी क्षेत्र नम्बर ३ मा सम्मानजनक स्थानमा स्थापित गराउन आफू लागेको समेत बताए।
भावुक हुदै नगर प्रमुख बेद गच्छदार ले भने म सिङ्गै दुहबि को भबिस्य सग जोडिएको छु त्यसैले मैले चुनाव हारे जिते को सवाल हैन दुहबी र नगर बासिले ले आफ्नो भबिस्य माथी धोका पाउनु हुदैन।
युवालाइ रोजगार र दुहबिको दिगो बिकास को लागि आफू अगाडि बढेको बताउदै गच्छदार ले अबको समय दुहबी को हित र उन्नति को लागि जीवन समर्पण गर्ने अठोट गरेका छन।





