• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

अबको सुनसरी काँग्रेस हाँक्न सक्ने सफल सभापतिका उम्मेदवार ममात्र हुँः भण्डारी

काेचिला खबर by काेचिला खबर
09/12/2021
in स्थानीय
73
SHARES
332
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / नेपाली काँग्रेस सुनसरीका जिल्ला सचिव केदार भण्डारीले १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। उनले अबको सभापति सुनसरी हाँक्नसक्ने आफैंमात्र भएको दाबी गरेका छन् । जिल्ला अधिवेशन १० गते असोजमा भएपनि पछिल्लो समय फेरी सरेको छ ।

सुनसरीमा वडा अधिवेशन भने सकिएको छ ।
पार्टी संस्थापन इतर पक्षका भण्डारीले सभापतिमा निर्वाचित हुने विश्वास सहित कार्यकर्ता माझ भेटघाट तीव्र बनाएका छन्। देशभरमा सबैभन्दा काँग्रेस बलियो सुनसरीमा देखिएकोले काँग्रेसलाई कमजोर हुन नदिने बाचा सहित उनले उम्मेदवारी घोषणा गरेका हुन्।

देशैभरी काँग्रेस कमजोर भएको अवस्थामा सुनसरीले बलियो उपस्थिति जनाएको थियो । काँग्रेसको उर्वरभूमि मानिएको सुनसरी लामो समय कम्युनिस्टको कब्जामा पर्‍यो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने ४ निर्वाचन क्षेत्र मध्ये ३ वटा क्षेत्रमा सफलता पायो।
जसले गर्दा अहिलेको नेतृत्व सफल भएको कार्यकर्ताको बुझाई छ।

प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला दुई पटक जिल्ला सभापति भइसकेका छन् । बिधानत जिल्ला सभापति उठ्न नपाउने भएपछि उनी प्रदेश १ को अध्यक्ष हुने तयारीमा लागेका छन्। जिल्ला सचिव भण्डारी सभापतिका बलिया दाबेदार हुन् ।

कोइरालाकै कार्यसमितिमा दुई कार्यकाल सचिव भएको भण्डारी भने यस पटक नेतृत्व लिने दाउमा छन् । काँग्रेसको गढ बचाई राख्ने सङ्कल्पका साथ उनले नेतृत्व दाबी गरेका छन् । आफू कार्यसमितिमा भएकै समयमा काँग्रेसले सफलता पाएको भन्दै उनले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

उनले आफू नेतृत्वको लागी सम्पूर्ण हिसाबमा तयार भएकोले विकल्पबारे सोच्न नसक्ने बताए। दुई कार्यकाल सचिव भएर सुनसरीका सम्पूर्ण कार्यकर्ताको भावना बुझिसकेकाले अब काम गर्ने गरी नेतृत्व लिन चाहेको उनको भनाई छ।

“जिल्ला सभापति हुनेमा म ढुक्क छु। सकेसम्म सहमतिकै प्रयास भइरहेको छ। निर्वाचन भयो भने पनि म तयारै छु। सुनसरीमा काँग्रेसको जुन गढ बनेको छ यसलाई जगाइराख्ने मेरो मुख्य जिम्मेवारी हो । म काँग्रेसलाई कमजोर हुन दिन्न,” उनले भने ।

यस बिचमा भातृ संस्था देखी सुवेच्छुक संस्थामा पनि समस्या देखिएको स्मरण गराउँदै उनले आफू निरन्तरको छलफल र वार्ताबाट सबैलाई चित्त बुझाएर पार्टीमा ठाउँ दिने पक्षमा रहेको बताए । मुख्यतः युवा जमातलाई मुलधारको राजनीतिमा ल्याउने र उचित जिम्मेवारीका साथ नेतृत्वमा पुर्‍याउने लक्ष्य रहेको भण्डारीले सुनाए ।

“मैले नेतृत्व गर्ने समितिमा ६० प्रतिशत युवाको सहभागिता गराउँछु । अग्रजलाई उचित सम्मान दिने र नयाँलाई अवसर दिने मेरो योजना छ,” उनले भने। उपसभापति श्रेष्ठपनि काँग्रेस संस्थापन पक्षबाट सभापतिका प्रत्यासी र स्थानीयमा लोकप्रीय छन् । सुनसरीजस्तौ देशकै महत्वपूर्ण जिल्लाको काँग्रेस कसले बाजी मार्छ त्यो परिणामले देखाउने नै छ । 

सुनसरीमा पछिल्लो दुई दशक इनरुवाले मात्र नेतृत्व गरेको आरोप लाग्दै आएको छ । १४ औँ महाधिवेशनमा पनि संस्थापन पक्षका उम्मेदवार सञ्जय श्रेष्ठ र संस्थापन इतरका भण्डारी दुवै सुनसरीको सदरमुकाम इनरुवाका बासिन्दा हुन् । यही प्रश्नमा भण्डारी यो पार्टी भाँड्ने खेल भएको तर्क गर्छन्।

सुनसरीको संस्थापक सभापति हरिनाथ बास्तोला देखी विभिन्न नेतृत्वहरू इनरुवा बाहिरबाट आउनुभएको उनले बताए। भूगोलको हिसाबमा अहिलेसम्म कुनै पनि मतभिन्नता नभएको र आगामी दिनमा पनि नहुने उनले प्रस्ट पारे।

२०४३ सालमा नेबिसंघबाट राजनीति सुरु गरेका भण्डारी २०५४ सालमा कानुन व्यवसायीहरूको संस्था नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष भए। त्यसै गरी २०५६ सालमा प्रजातान्त्रिक कानुन व्यवसायी सङ्घको केन्द्रीय अध्यक्ष हुँदै नेपाली काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशनमा जिल्ला सचिव निर्वाचित भएका हुन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist