दुहब / सुनसरी को दुहबी नगरपालिका प्रमुख बेद गच्छदार र युएनडिपीका प्रतिनिधि बिच दुहबी ४ मा निर्माणाधिन फोहर ब्यावस्थापन केन्द्रलाई १ करोड ६४ लाख बराबर को लागत साझेदारीमा काम गर्नसहमत रहेको भनी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
UNDP का प्रतिनिधि हरु निर्माणाधीन फोहर ब्यावस्थापन केन्द्र को स्थलगत निरिक्षण गरि अत्याधुनिक फोहर प्रसोधन मेशिन, कम्पोस्ट मल भन्डारण स्थल, फोहर रिसाइकलिङ्ग, आबस्यकिय तालिम लगायत का क्षेत्रमा लगानी गर्न इच्छुक रहेको साथै यो फोहर ब्यावस्थापन केन्द्र पुर्वकै नमुनाको रुपमा रहेको हुदा मेयर बेद गच्छदारको भिजन लाई सफलता दिलाउन सहमत हुँदै सहमति पत्रमा हस्तान्तरण गरेको बताए।
निर्माणाधिन फोहर ब्यावस्थापन केन्द्रको प्रसोधन क्षेमता दैनिक १८ टन सम्मको हुने र तत्काल ५ टनको क्षेमता सहित को सुरु हुने साथी उक्त केन्द्रको भौतिक सम्रचना निर्माणका कार्य तिब्रगतिमा अगाडि बढी रहेका छन भने मेशिन खरिद प्रक्रिया समेत अगाडि बढिसकेको नगर प्रमुख बेद गच्छदारले जानकारी गराए।
सपना देख्नु पर्छ तर साकार बनाउन बास्तबमै अटल आत्मबिस्वास र क्षेमतावान नेतृत्व आवस्यक हुन्छ।
दुहबी नगरपालिका ले यस्तै क्षेमतावान मेयर पाएको हुदा कल्पना नै नगरेका ठुला योजनाहरु भित्रीएका छन।शिक्षा ,स्वास्थ्य , सडक ,हरित पार्क ,वाटरपार्क, खेलकुद,फोहर ब्यावस्थान,खाद्य प्रशोधन लगायत बहुसंख्यक क्षेत्रमा दुहबिले फड्को मारेको देखिन्छ ।