दुहबी / सुनसरीको कोशि राजमार्ग दुहबी नगरपालिका ८ सोनापुर स्थित आज दिउँसो १२.३० बजेको समयमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही जिल्ला लाल बन्दि नगरपालिका–४ घर भएको अन्दाजी ३५ वर्षीय शुलभ गिरी रहेको अस्थायी ट्राफिक कार्यालय दुहबीले जनाएको छ ।
बिराटनगर देखि धरान जादै गरेको को १ क ३३९५ नंको मिनि ट्रकले ईटहरी देखि बिराटनगर आउँदै गरेको ना ५५ प ९९७९ नंको मोटरसाइकल लाई ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते मोटरसाइकल चालक गिरी उपचार गर्ने क्रममा मोरङको बुढीगंगा स्थित रहेको बिराट टिचिङ्ग अस्पतालमा मृत्यु भएको ट्राफिक कार्यालय दुहबीले जनाएको ।