• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

अन्तिमपल्ट भेट्न आउ’ भन्दै धोकेबाज प्रेमीको लिङ्ग काटिदिएपछि….

काेचिला खबर by काेचिला खबर
09/09/2021
in स्थानीय
107
SHARES
488
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर /  प्रेममा विछोड भएपछि मानिसहरू अनेक गर्छन् कतै प्रेमीबाटै प्रेमिकामाथि सामूहिक बलात्कार, कतै प्रेमीले प्रेमिकाको हत्या भन्ने समाचार आइरहन्छन् । युवापुस्ताले प्रेमलाई अपराध गर्ने प्रमुख हतियारको रुपमा लिन थालेका छन् । प्रेमको नाममा जघन्य अपराधको दलदलमा पनि फसेका छन्, अहिलेका युवा । प्रायः विदेशतिरै हुने यस्ता घटना नेपालमा पनि हुन थालेको छ ।

विराटनगर–१५ रानीस्थित होटल मकालुमा एउटा डरलाग्दो र क्रुर घटना बाहिर आएको छ । प्रेमिकाले प्रेमीलाई भेट्न बोलाएर लिङ्ग छेदन गरिदिएको घटना बाहिरिएको हो । सुनसरीको बर्जु गाउँपालिका २ घर भइ विराटनगरमा डेरा गरि बस्दै आएकी २८ वर्षीय प्रेमिकाले २७ वर्षीय प्रेमिको लिङ्ग छेदन गरिदिइन् । होटलमा लगेर जबरजस्ती करणी गर्न खोजिएको भन्दै ती युवतीले कैचीले युवकको लिङ्ग छेदन गरिदिएको प्रहरीले बताएको छ ।

भएको के हो ?

लिङ्ग छेदन गरिदिने युवती अनु (नाम परिवर्तन) बर्जुदेखि कामको सिलसिलामा विराटनगर आइन् । उनले एक इन्स्योरेन्स कम्पनीमा जागिर पनि पाइन् । कामको शिलसिलामा अनुको श्याम (नाम परिवर्तन)सँग वर्षदिन अगाडि परिचय हुन्छ । नेपाल प्रहरीमा जागिर खाएका श्यामको सम्बन्ध अनुसँग बढ्दै जान्छ । मित्रतादेखि सुरू भएको उनीहरूको सम्बन्ध गाढा बन्दै गएपछि ‘रिलेसनसीप’ मा हुन्छन् ।

श्यामको घरपरिवारदेखि आउँदो २०७८ मङ्सिरमा अर्कै केटीसँग विवाह हुने चर्चा चल्छ । मंसिरमा विवाह गर्ने भएपछि अनुसँग प्रेममा रहेका श्यामले विगत ५/६ महिनादेखि सम्पर्कबिहीन हुन्छन् । सम्पर्कबिहीन भएका श्यामको मोवाइलमा नयाँ नम्बरबाट साउन २७ गते फोन आउँछ, त्यो फोन थियो अनुको ! एक पटक भेटौं भनेपछि दुवै जनाको सहमतिमा विराटनगर १५ रानीस्थित होटल मकालुमा भेट हुन्छ । होटलअगाडि भेट भएपछि बाहिर भलाकुसारी गरेर आइसक्रिम र बिस्कुट खाएपछि मकालु होटलको कोठामा जान्छन् । कोठामा पुगेपछि श्यामले यौन सम्र्पक गर्न खोजेपछि अनुले प्रतिकार गर्दै लिङ्गमा कैंची चलाइदिइन् । यो घटना २७ साउनको राती ८ बजेको हो ।

लिङ्गमा १० टाँचा

प्रेमिले प्रेमिकाले लिङ्गमा कैंची चलाइदिएपछि घाइते भएका श्याम (नाम परिवर्तन) तत्काल विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए । ‘सेभिङ’ गर्दा लिङ्ग काटियो भन्दै कोशी अस्पतालको आकस्मिक कक्षमा पुगेका श्यामको थप उपचारको लागि नोबेल टिचिङ्ग हस्पिटल रेफर गरियो । नोबेलमा १० टाँचा लगाएपछि उनको लिङ्ग जोडिएको छ । तत्काल अस्पताल पुगेपछि उनको लिङ्ग जोडिएको बताइएको छ ।

जबरजस्ती जकरणी उद्योगमा पक्राउ

प्रेमिकाले लिङ्ग छेदन गरिदिएको प्रेमि २७ वर्षीय युवा जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका छन् । किशोरीले जबरजस्ती करणी उद्योगमा इलाका प्रहरी कार्यालय रानी विराटनगरमा जाहेरी दर्ता गराएकी छिन् । प्रहरीले ति युवालाई पक्राउ गरिसकेको छ । प्रहरीले अनुसन्धान पूरा गरेको अभियोग जिल्ला सरकारी वकिलको कार्यालय पठाइसकेको छ । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत मोरङ अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ । ‘जबरजस्ती करणी उद्योगमा जाहेरी परेपछि घटनाको विषयमा प्रहरीले अनुसन्धान गर्दै आएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले भने ।

पक्राउ परेका युवाले ती युवतीलाई विराटनगर १५ मकालु होटलमा भेट्न बोलाएर जबरजस्ती करणीको प्रयास गरेको आरोप छ । ति युवतीले जबरजस्ती बलात्कारको प्रयास गरेपछि प्रतिकार गर्दा लिङ्गमा प्रहार गरेको निवेदनमा उल्लेख छ ।

यता युवाले भने युवतीले ‘अन्तिमपल्ट भेट्न आउ’ भन्दै होटलमा बोलाइन् र सहमतिमा यौन सम्पर्क गर्न खोज्दा त्यसैबखत लिङ्गमा कैंचीले हानेको बयान दिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । हाम्रोमत बाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist