दुहबी/ सुनसरीको दुहबी वडा नम्बर ४ प्रगति टोलका महिला दिदीबहिनीहरुले आज सामुहिक तिज मनाएका छन्। महिला दिदीबहिनीहरुको संयुक्त आयोजनामा सामुहिक तिज कार्यक्रम नाचगान सहित मनाएका हुन।
नेपालि नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर सामुहिक तिज कार्यक्रम मनाइएको जनाइएको छ। तिज बिशेश कार्यक्रममा स्थानीय युबाहरुको समेत उपस्थिति रहेको थियो।

प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा हरितालिका तीज मनाउने गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले भगवान महादेव (शिव) को पूजा आराधना गरेर व्रस्त बस्दै मनाउने प्रचलन छ ।
निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताइन्छ । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम मानिन्छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ ।
विवाहित महिलाले पतिको दिर्घायु तथा अविवाहितले शुयोग्य वर पाउनका लागि अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार व्रत बस्दै भगवान शिवको पूजा गर्ने परम्परा छ । तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा परिकार खाने गरिन्छ।








