दुहबी / सुनसरी को दुहबी नगरपालिका का नगरप्रमुख बेद नारायण गच्छदारले नेपाली काङ्ग्रेसको आसन्न १४ औ माहाधिबेशन मा दुहबी नगर कार्यसमिति को सभापति मा उम्मेद्बारी दिने बताएका छन।
आज बिजयी १२ वटै वडा बाट निर्वाचित वडा सभापति हरुलाइ बधाइ तथा सुभकामना आदान प्रदान गर्न बोलाएको भेला बाट गच्छदार ले उक्त आसय प्रकट गरेका छन।
बिगत लामो समय देखि पार्टी भित्र रहि प्रत्येक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गर्दै आएको साथै दुहबी नगर पालिका भित्र हरेकको समस्या को समधान गर्दै आएको हुदा आफ्नो कार्यकालमा थालनी गरेको बहुबर्सिय ठुला योजना हरु भित्राएको र सम्पन्न हुन बाकी योजना हरु लाई समेत बिधिवत सम्पन्न गराएर समुन्नत दुहबी निर्माण अभियानमा लागेको हुदा पार्टीगत हक हित र संगठन सुदृढीकरणका लागि समेत आफ्नो भुमिका आवस्यक रहेको महसुस गर्दै गच्छदार ले आफ्नो उम्मेद्बारी घोषणा गरेका छन ।
शुभकामनाआदान प्रदान कार्यक्रम मा उपस्थित १२ वटै वडाका सभापति लगायत केही क्षेत्रीय प्रतिनिधि हरुको साझा प्रतिबद्धता साथै आसय बमोजिम गच्छदार ले सामुहिक एकता र साझा आवस्यकता महसुस गरि आफ्नो उम्मेद्बारी प्रस्तुत गरेको बताए।
उपस्तिथ सबै नेता तथा कार्यकर्ता हरुले गच्छदार लाई अगृम बधाइ तथा सुभकामना दिएका थिए भने गच्छदार ले सबै बिजयी वडा सभापति तथा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति समेत लाई बधाइ तथा सुभकामना ब्यक्त गरेका थिए।