दुहबी / मोरङ ग्रामथान गाऊपालिका ५ गिदनिया का ३० बर्षीय सन्तोस बिश्वास करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो दिउसो सँवा १ बजे ग्रामथान ५ लवारे स्थितमा रहेको कुखुरा फार्ममा खाने पानी भर्न मोटर जोड्ने क्रममा करेन्ट लागी बोहोस भएका बिश्वासको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।