दुहबी / सुनसरीको गढि गाउँपालिका–१ का वडाअध्यक्ष शंकरप्रसाद चौधरीको निधन भएको छ।
उनको बुधबार विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा चौधरीको निधन भएको नेकपा एमाले सुनसरीले जनाइएको छ ।
चौधरी मुटु सम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए। चौधरी गत २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका तर्फबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए।
चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन्।





