दुहबी/ सुनसरीको दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले आज दुहबी नगरपालिकाका १२ ओटै वडामा रहेका फरक क्षमता भएका ९७ जनालाई व्हिल चेयर लगायतका साहायक सामाग्री वितरण गर्नु हुँदै फरक क्षमता भएकाहरुलाई स्वास्थ्य बिमा गर्न २५ सय सहयोग गर्दै क्षमता अबिवृद्धि गर्न र स्वास्थ्य सेवामा पहुँच बढाउन उच्च प्राथमिकतामा राख्दै दुहबी नगरपालिकालाइ अपांगमैत्री नगरपालिका बनाउने उदघोष गर्नुभयो।
गच्छदारले फरक क्षमता भएका नागरिकको जिबिकोपार्जन तथा आयाअर्जनकालागि प्रत्येक वडा समूह लाई रु ५० हजार रुपैया पठाइसकेको बताउदै नगर लाई अपाङ्ग मैत्री बानाउन थप कार्यक्रम गर्दै लैजाने बताए। आफू नगरबासिको स्वास्थलाई लिएर चिन्तित रहेको बताउदै अबको २ साल भित्रमा रु २६ करोड ३४ लाख बराबर को अस्पताल निर्माण गरि छाड्ने बताउदै महङ्गा आँखा सम्बन्धी रोगी जलबिन्दु,मोतिबिन्दु,क्यास्ट्रेट को आफ्नो कार्यकाल भरी निशुल्क उपचार हुने बताए।
रोग कसैको बसको कुरा नरहेको हुदा छिटै प्रेशर ,सुगर का बिरामी लाई समेत प्राबिधिक खटाइ निशुल्क आँखा सम्बन्धि चेकजाँच हुने , फरक क्षेमता भएका ब्यक्ती को थेरापी का लागि स्वास्थ्य प्राबिधिक मार्फत घरदैलो कार्यक्रम समेत सन्चालन गरिने गच्छदार ले बताए।
उक्त कार्यक्रममा दुहबी नगरपालिकाकि उपमेयर सुनिता दाहालशाह, वडाअध्यक्षहरु,प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार नेउपानेले साहायक सामाग्री वितरण गर्नुभयो।





