दुहबी / सुनसरीको हरिनगर गाउँपालिकामा एक तेह्र वर्षिया किशोरी घर भित्रै बलात्कृत भएकी छिन् । गएराती कोठा भित्र सुतिरहेको अवस्थामै किशोरीमाथि जबरजस्ती करणी भएको हो । घटना सम्वन्धमा पीडित पक्षले प्रहरीमा उजुरी समेत दिएको छ ।
घटना सम्वन्धमा परेको उजुरीका आधारमा प्रहरीले २२ वर्षिय शमशेर अन्सारीलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका व्यक्ति सोही स्थानका रहेको प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरीले पीडित पक्षको उजुरीका आधारमा जबरजस्ती करणीका आरोपित अन्सारीलाई पक्राउ गरिएको जनाएको छ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीका अनुसार घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको छ । थप अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिको हकमा अदालतबाट म्याद थपको तयारी भैरहेको कार्कीले बताए ।





