दुहबी / सुनसरीको दुहबीमा शहर देखि गाउँ सम्मको अवैध किल्निक र नक्कली डाक्टरको कमाउ धन्दा हाल सम्म पनि नरोकिदा स्थानीय लगायत दुहबी आस पास क्षेत्रका स्थानीयहरु आर्थिक मार्कामा परेको स्थानीय हरुको गुनासो रहेको छ ।
दुहबीको शहर देखि गाउँ सम्म दर्ता बिनाको अवैध रुपमा पोलिक्लिनिक , अस्पताल , मेडिकल किल्निक लगायत नेपाल सरकारबाट बन्देज गरिएको ग्यारेन्टीको साथ उपचार गर्ने केही किल्निक हरु सन्चालन गरि सर्बसाधारणलाई ठगि
गरि कमाउ धन्दामा लागेको प्रस्ट देखिन्छ ।
केही दिन अगाडि मात्र दुहबी ५ मा संचालनमा रहेको किरण आर्यूवेर्द औषधालयले दुहबीकि एक महिलासँग गयारेन्टिको साथ मोटोपन घटछ् भन्दै मेडिसिन बेचेर ठगी गरेको घटना खुलासा हुदा समेत सम्बन्धित निकायले हाल सम्म पनि कुनै किसिमको कार्वाही अगाडि नबढाएको सो महिलाले दुखेसो पोखेकि छिन।
सो ठगिको घटना सम्बन्ध बारे दुहबी नगरको स्वास्थ्य शाखामा पटकपटक सुचना दिंदा समेत स्वास्थ्य शाखाले हाल सम्म पनि कुनै सुनुवाइ गरेको देखिदैन ।
दुहबी नगरको शहर देखि गाउँ सम्म दर्ता नगरि अवैध रुपमा पोलिकिल्निक तथा किल्निक हरु र ग्यारेन्टीवाला उपचार संचालन गरेको देखिन्छ।
हाल कोरोना कहरको दोस्रो भेरियन्ट चलिरहेको अवस्थामा गाउँ गाउँ भएको केही फार्मेसी हरुमा स्वस्थ्य सम्बन्धि कुनै योग्यता तथा डिग्री नभएको नक्कलि डाक्टरले बिरामीको ठोस
परिक्षण नगरिकन रुघाखोकी ज्वरो लगायतका बिरामीहरुलाई जथाभावी एन्टि बाईटिक लगायतको आौषधि चलाउदा बिरामिको रोग झन बल्झिएर पुन उपचार गर्न ठुलो अस्पतालमा जानू पर्दा ठूलो आर्थिक मार्मा परिरहेको एक स्थानीयले नाम नखुलाउने शर्तमा बताए ।
दुहबी नगरको गाउँ गाउँमा केही फार्मेसी सन्चालकले आफै पनि आला लगाई डक्टरको रुपमा बिरामि जांचने गरेको देखिन्छ कतिपयले त अरुको नाममा दर्ता भएको फार्मेसी लिजमा लिएर आफै डक्टर बनि बिरामी हरुलाई जांच्ने काम गरेर फार्मेसी सन्चालन गरेको देखिन्छ ।
दुहबीको केही पोलिक्निलक संक हालकहरुले त अस्पताल र बेडको दर्ता बिनै अवैध रुपमा बिरामि भर्ना गरि बढि
रकम असुल गरिरहेकोमा स्वास्थ्य शाखा मुकदर्सक हुनुमा मिलोमतो भएको स्थानीय हरुले आंसका गरेका छन।
दुहबीमा रहेको केही पोलिक्लिकले अबैध ग्यारेन्टी उपचार गर्ने, बिरामीहरुसंग बढि रकम असुल गरि कमाउ धन्दामा लाग्दा समेत हाल सम्म सो अवैध स्वास्थ्य संस्था लाई अनुगमन गरि कानुनको दायरामा ल्याई कार्वाही नगर्नु भनेको मिलोमतो भएको आंसका स्थानीयहरुले गरेका छन।