दुहबी / सुनसरीमा काँग्रेसको सभापतिमा केदार भण्डारीले उम्मेद्वारी घोषणा गरे संगै अरु उमेदवार भन्दा पनि बलियो दाबेदारको रुपमा भण्डारीको सुनसरी काँग्रेसमा चर्चा परी चर्चा चलेको देखिन्छ ।
नेपाली काँग्रेस सुनसरीका सचिव केदार भण्डारीले महामानव विश्वेश्वर प्रसाद कोईरालाको तस्वीरमा माल्यार्पण गर्दै नेपाली काँग्रेसको आसन्न १४ औं अधिवेशनमा सभापति पदमा उम्मेद्वारी घोषणा गरेका थिए ।
नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले महाधिवेशनको परिमार्जित कार्यतालिका अनुमोदन गरेसँगै सुनसरी जिल्लाको भावी नेतृत्वका लागि हाल जिल्ला सचिवको भुमिकामा रहेको भण्डारीले सभापति पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन
नेपालको सबैभन्दा पुरानो र गौरवशाली पार्टीको कार्यकर्ता भएर वर्षौ सेवा गर्न पाउनु आफ्नो अहोभाग्य भएको उल्लेख गर्दै भण्डारीले सुनसरी जिल्लाको काँग्रेस सचिवको रुपमा आफुलाई दिईएको भुमिकाको मुल्यांकन गर्दै आगामी दिनहरुमा समेत आफुलाई मार्गदर्शन हुनेमा विश्वस्त रहेको उल्लेख गरेका थिए ।
नेता भण्डारीले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा आफुले जिल्ला सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको उल्लेख गर्दै सम्पुर्ण काँग्रेसजनहरुमा साथ, सहयोग तथा मार्गदर्शनको लागि अपील समेत गरेका छन् ।
को हुन भण्डारी ?
नेपाली काँग्रेसको राजनीतिमा लामो समयदेखि क्रियाशिल भण्डारीले नेपाली काँग्रेस सुनसरीको २ कार्यकाल निर्वाचित सचिवको भुमिका निर्वाह गरिसकेका छन् । विद्यार्थी राजनीतिबाट उदाएर आफ्नो उर्जाशील जीवन नेपाली काँग्रेसको संगठनमा सर्मपित गरेका भण्डारी सुनसरी काँग्रेसमा सालिन, भद्र र बौद्धिक नेताको रुपमा गनिन्छन् ।
कानुन विषयका ज्ञाता रही पेशाले अधिवक्ता समेत रहेका भण्डारी नेपाल बार एसोसिएसनको केन्द्रीय उपाध्यक्ष र सुनसरी बारको अध्यक्षको भुमिका समेत निर्वाह गरिसकेका छन । सुनसरी काँग्रेसमा तल्लो तहका कार्यकर्तासँग प्रत्यक्ष पहुँच तथा सम्पर्क भएका नेता हुन ।
सुनसरीमा वर्तमान सभापति राजीव कोईरालाको नेतृत्वमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउन महत्वपुर्ण भुमिका खेलेका भण्डारीलाई सुनसरी काँग्रेसको भावी सभापतिको बलियो दाबेदारको रुपमा हेर्न थालिएको छ ।