दुहबी / सुनसरीको ईटहरी उप-महानगरपालिका-१९ का ७३ बर्षीय शेर बहादुर श्रेष्ठको माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ ।
शनिवार बिहान सवा ११ बजे आफ्नै पोखरीमा माछा मार्ने क्रममा अचानक सोही पोखरीमा डुबेर बेपत्ता भएका श्रेष्ठलाई प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले राती साँढे ११ बजे मृत अबस्थामा उद्धार गरेको थियो । उक्त घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।