दुहबी / सुनसरीमा अब सार्वजनिक यातायात सञ्चालनमा आउने भएको छ । कोरोना महामारीका कारण बन्द भएको सार्वजनिक सवारी साधन सञ्चालनमा आउने भएको हो ।


जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक सिडिओ तथा सूचना अधिकारी महेशकुमार पोखरेलले दिएको जानकारी अनुसार सोमबार बसेको बैठकले असार २३ गतेदेखि लागू हुनेगरी जिल्लामा सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको हो ।
असार २३ गतेदेखि यात्रुहरुलाई ध्यानमा राखेर सार्वजनिक यातायात जोरबिजोर गरि र राजमार्ग छेउमा रहेका होटल तथा रेष्टुरेन्ट समेत बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको पोखरेलले बताए ।





