दुहबी / सुनसरी को दुहबी नगरपालिका र मेडपा को साझेदारिमा दुहबी वडा नम्बर ७ को भलुवा र वडानम्बर ११ को तनमुना मा गरिबी निवारणका लागि लघु उद्दम कार्यक्रम अन्तर्गत सन्चालित कृस्टलका गहना, अचरा फुल बुटिक (इम्ब्रोडरी),पशुपालन सम्बन्धी तालिम साथै गुडिया कुशन र ब्युटिसियन संबंधित तालिमको आज समापन भएको छ।
महिला हरु बिहेको दिन दुलाहाको अगाडि लागेर आएपनी बिबाहा पछि पुरुष को कमाइ र आम्दानिमा आशृत हुदा घरायसी व्यवहार साथै निजि आबस्यक खर्च को लागि पुरुष मै आशृत हुदा सधै पछाडि परेको हुदा सामाजिक विभेद ,पारिवारिक कलह, साथै मानसिक तनावमा जीवन ब्यतित गर्नु पर्न्व बाध्यता रहेको ले उक्त समस्य बाट कोहि कसैले ग्रसित नहोस र हरेक महिलाहरु सीप सिकेर ब्यवसायिक बनुन र आया आम्दानिको अभिबृद्दी गरि अवभलम्बन बनुन भन्ने आसयले मेडपा सग सहकार्य गरि सीप बिकास सम्बन्द्गी तालिम आयोजना गरेको नगर प्रमुख गच्छदार ले बताए।
एउटा नारिले १०० रुपिया कमाउदा परिवार लाई खुसी राख्न सक्छ तर पुरुष ले कमाइको आधा हिस्सा पनि घर मा नदिदा आफै मालिक बनेको आभास सहित अनावश्यक तनाव दिने हुदा समुदायमा बिबिध घट्नक्रम मौलाउदै गएको हुदा यस्ता समस्या न्युनिकरण गर्न साथै महिला लाई आत्मनिर्भर बनाउन आफू दिलो ज्यान ले लागेको गच्छदार ले बताए।
नेताको अगाडि आन्दोलन, जिन्दाबाद,मुर्दाबाद भन्दै हिडेपनी अब सामाजिक विभेद र पारिकारिक अपहेलना बिरुद्ध यसरिनै स्वाभालम्बन हुँदै आन्दोलन स्वरुप कदम अगाडि बढाउन सुझाउदै न्युनतम २ प्रतिशत ब्याजदरमा हरेक उद्दमी महिला समुहलाइ बिनाधितो १० लाख सम्म रिण दिलाउन आफै सिफारिस गर्ने बताए।
सीप सिकेर सर्टिफिकेट मुसालाइ चारोबनाएर राख्नु भन्दा उक्त सिपलाइ ब्यावसायिक प्रवर्द्धन गर्न सुझाउदै गच्छदार ले बीउ पुजिको लागि ५० लाख बजेट छुट्याएको हुदा समुहगत रुपमा ब्यवसाय गर्न महिलाहरुलाइ अपिल गरेका छन। कार्यक्रम मा सहभागी एक प्रशिक्षार्थी मनमाया उराउले हामी जस्ता बिपन्न महिला लाई नगरपालिका ले यस्ता तालिम ल्याएर उद्दमी बनाउन प्रेरणा र माया गरेको मा हार्दिक धन्यवाद दिदै गच्छदार को प्रशन्सा गरिन।