दुहबी / सुनसरीमा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको बैठकले निषेधाज्ञा केही खुकलो बनाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको सिसिएमसीको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता महेशकुमार पोख्रेलले जानकारी दिए ।
बैठकको निर्णयअनसार खाद्यान्न पसल र स्टेशनरी पसल खोल्न पाइने भएको छ । यस्तै, फलफूल तथा तरकारी पसल बिहीबारबाट खोल्न पाइने भएको छ । कोरोनाको संक्रमण दर केही कम हुँदै गएको र निषेधाज्ञाका कारण सर्वसाधारणमा पर्न गएको कठिनाइको मध्यनजर गर्दै निषेधाज्ञा खुकुलो पारिएको उनले जानकारी दिए ।





